Search

दोलखामा बरामद भएको पहेलो धातु सुन भएको पुष्टी, करिव १० करोड २० लाख मुल्यांकन

दोलखामा बरामद भएको पहेलो धातु सुन भएको पुष्टी, करिव १० करोड २० लाख मुल्यांकन

बाँपीझ्याला, दोलखा । दोलखामा बरामद भएको ११ किलो पहेँलो धातु सुननै भएको पुष्टि भएको छ । यसरी जिल्लामा बरामद भएको पहेँलो धातु काठमाण्डौ सुन चाँदी व्यवसाय संघ, क्षेत्रपाटी काठमाण्डौमा परिक्षणका लागि पठाइएको थियो । परिक्षण गर्दा उक्त धातु सुन नैै रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

उक्त सुनको मुल्य आजको बजार मूल्य अनुसार १० करोड १९ लाख ५७ हजार ७ सय ८० रुपैया मुल्यांकन गरिएको छ । असोज १० पछि प्रहरीले पटकपटक गरी जिल्लाको विभिन्न स्थानबाट ११ किलो सुन बरामद गरेको छ । जिल्लाको विगु गाउँपालिका–३ जामुने स्थित एक घरबाट १० गरे राती ४ किलो र १२ गते ३ किलो र १४ गते चार किलो गरी ११ किलो सुन बरामद गरेको हो ।

११ किलो सुन तस्करी प्रकरणमा एक चिनियाँ नागरिक सहित १० जनालाई पक्राउ गरि प्रहरीले मुद्दा चलाई अनुसन्धान गरिरहेको छ भनी साझाबोलीमा उल्लेख गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!