Search

भीमेश्वर नगरपालीका वडा नं. ७ का २ विद्यालयमा समाजसेवी कुलराज थापाद्वारा १० कम्प्युटर र शैक्षिक सामाग्री वितरण

भीमेश्वर नगरपालीका वडा नं. ७ का २ विद्यालयमा समाजसेवी कुलराज थापाद्वारा १० कम्प्युटर र शैक्षिक सामाग्री वितरण

बाँपीझ्याला, दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ७ स्थित हरीकृर्तन आधारभूत बिध्यालय र श्री साखिने आधारभुत बिध्यालयमा १० वटा कम्प्युटर सहित शैक्षिक सामाग्री हस्तान्तरण गरीएको छ ।

सामाजिक अभियानता राजन बस्नेतको बिषेश पहलमा भीमेश्वर नगरपालिका वडा नं. ७ कुप्री घर भइ हाल काठमाडौंमा बसोवास गर्ने समाजसेवी तथा शिक्षा प्रेमी, जेम्स ग्रुप सर्भिस एजुकेश कन्सलटेन्सीका प्रोपाइटर कुलराज थापाले एक कार्यक्रमको बिच स्वयम् उपस्थिति भइ ५ लाख बराबरको १० कम्प्युटर सहित शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

जेम्स ग्रुप सर्भिस एजुकेश कन्सलटेन्सीका प्रोपाइटर थापाले दोलखामा रहेको एक मात्र बालगृह गौरीशङ्कर र आमाको माया छात्रबासमा रहेका अभिभावक बिहिन बालबालिका हरुलार्इ समेत स्कुल ब्याग सहितका स्टेशनरी र खाजाको प्याकेज समेत बितरण गर्नु भएको अभियन्ता बस्नेतले बताउनु भयो ।

समाजसेवी थापाले ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर बालबालिकाहरु सँग खुशी साट्न पाउदा आत्मा सन्तुष्टी भएको अनुभुति गरेको बताउदै आजको एक्काईसौं शताब्दिमा बालबालिकाहरु आधुनिक तरीकाबाट प्रबिधिमैत्री वातावरणमा पढ्नको लागि आफुले कोसेली स्वरुप सहयोग उपलब्ध गराएको र विद्यार्थीहरुले कोसेलीलाइ सदुपयोग गर्न समेत आग्रह समेत गर्नुभयो ।

शिक्षा प्रेमि थापाले आगामि दिनहरुमा बालबालिका विद्यार्थीहरुका लागि छात्रबृत्ति समेतको ब्यबस्थापन गरी बालबालिका माझ उपस्थिति हुने समेत प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

थापाले यस अघि पनि गरीब, बिपन्न्,अबिभावक बिहिन बालबालिका, जेहेन्दार बिद्यार्थीका लागि शैक्षिक सामाग्री सहित खाध्यान्न सामाग्री र लत्ता कपडा समेतको ब्यबस्थापन गर्नु भएको छ ।

नेपाली काङ्ग्रेस दोलखाका पुर्ब पार्टी कोषाध्यक्ष, एबम नेपाली काङ्ग्रेस दोलखाका पुर्ब महाधिवेशन प्रतिनिधि समेतको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरीसक्नु भएका थापा आफ्नो कठोर श्रमको कमाई समाजसेवामा लगानी गर्नसक्ने, धेरै बेसाहाराहरुको साहरा, असाहायहरुको बैशाखी बनेर आफ्नो दुःख र पिडाको कुनै प्रवाह नगरी अरूको भलाई र खुशीका लागि समर्पित भएको प्रस्ट देख्न सकिन्छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!