Search

बझाङको चैनपुर केन्द्रविन्दु भएर मंगलबार दिउँसो दुईपटक भूकम्प

बझाङको चैनपुर केन्द्रविन्दु भएर मंगलबार दिउँसो दुईपटक भूकम्प

बाँपीझ्याला, काठमाण्डौं । बझाङको चैनपुर केन्द्रविन्दु भएर मंगलबार दिउँसो दुईपटक भूकम्प गएको छ । दिउँसाे २ बजेर ४० मिनेटमा बझाङकाे तल्काेट केन्द्रविन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे भने ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प जाँदा दर्जनौं घरहरूमा क्षति पुगेको छ ।

भूकम्पले थलारा गाउँपालिका–९ काे सिरेटा, फकाली, खानी, अफ्ला, चित्रु, मालुमेला, चैनपुर, छविसपाथिभेरा लगायतका ठाउँमा दर्जनभन्दा बढी घर भत्किएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सिरेटामा मात्रै ४० वटा घर पूर्ण रूपमा क्षति भएको थलारा गाउँपालिकाका कार्यपालिका सदस्य ज्ञानु नेपालीले जानकारी दिइन् । भूकम्पका कारण अन्य ठाउँहरूमा समेत घरहरू भत्किएकाे स्थानीयले जानकारी दिएका छन् ।

त्यस्तै भूकम्पका कारण पहिराे गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएकाे प्रहरीले जनाएकाे छ । राजमार्गका ठाउँठाउँमा पहिराे जाँदा गाडी आवतजावत राेकिएका छन् । भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । भूकम्प गएपछि स्थानीय सडक र खुला चाैरमा जम्मा भएका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!