बाँपीझ्याला, काठमाण्डौं । १९औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको छ । समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेपछि नेपालले क्वाटर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।
आजको खेलमा नेपाली टिममा एक परिवर्तन भएको छ । माल्दिभ्सविरुद्ध खेलेका विनाेद भण्डारीको स्थानमा आज करण केसी खेलेका छन् ।
यस्तै, भारतका जितेश शर्मा र साई किशाेरले टी-२०आईमा डेब्यु गरेका छन् ।