देख्न त धेरै देख्न पाइयो यहाँ, आफ्नो भूमिलाई माया गर्नेहरू, आफ्नो माटोलाई अंगाल्नेहरू, आफ्नो बाटोमा तगारो लाउनेहरू, तर देखिएन यहाँ, सबैका लागि हुने कुरा गर्नेहरू । कोही छ र यहाँ यो धर्तीलाई माया गर्ने ?
हेर्न त प्रशस्तै हेरि सकियो यहाँ, आफ्नालाई थाङ्नामा लुकाउनेहरू, आफ्नालाई भन्या ठाउँमा पुर्याउनेहरू, आफ्नो पेटको मात्र बयान गर्नेहरू, कोही छ र यहाँ यो धर्तीलाई माया गर्ने ?
आजभोलि मान्छेहरू किन थाहा छैन यहाँ, आफ्नो ठाउँ छाडेर शहर ताकेको, आफ्नै भाग्यलाइ आपैmर्ले टुक्रा पारेको, किन होला सबै विदेश पस्न लागेको, कोही छ र यहाँ यो धर्तीलाई माया गर्ने ?
बुझ्न त कुरा सबैले बुझ्छन् यहाँ, तथापि नबुझेको बहाना गर्छन् यहाँ, सिद्धान्तलाई आपैm कुल्चन्छन् यहाँ, मर्माहटलाई हृदयस्पर्शी ठान्दैनन् यहाँ, ज्ञानका कुरालाई मनमा राख्तैनन् यहाँ, अभैmपनि पुरानै अन्धकार देख्छन् यहाँ, कोही छ र यहाँ यो धर्तीलाई माया गर्ने ?
त्यसै पनि गरीब भएर आपैm हिँड्नुपर्ने, अरुले पैसा टिप्दा पछाडि हच्किनुपर्ने, अरुले देलान् कि भनी बाटो हेरिनुपर्ने, धान, कोदो मकै भटमास अन्त दिनुपर्ने, कुहिया ढुसी पर्या अन्न खोज्न जानुपर्ने, कोही छ र यहाँ यो धर्तीलाई माया गर्ने ?।
बुद्धले ज्ञान बाँड्दै हिँडेको यो भूमि, भृकुटी, जनक र सीता जन्मेको भूमि, बलभद्र, भक्ति थापा, अमरसिंह भएको भूमि, भीमसेन थापा जस्तो छोराले कजेको भूमि, पशुपति भीमसेन देवले रक्षा गरेको भूमि, शान्तिको सन्देश दिंदै परेवा उडेको भूमि, कोही छ र यहाँ यो धर्तीलाई माया गर्ने ?
आफ्नै आँगनमा नाच्छन् सेलो र मारुनी, आफ्नै हातमा बज्छन् पञ्चैबाजा सारंगी, आफ्नै चोक डबलीमा सम्पदा संस्कृति, आफ्नै छातीमा छ प्राकृतिक ती सम्पत्ति, कोही छ र यहाँ यो धर्तीलाई माया गर्ने ?
हरेकपाटो र कान्लोमा सूनचाँदी फल्ने ठाउँ, घाइतेहुँदा झारपातले औषधिमुलो गर्ने ठाउँ, अन्धकारहुँदा पत्थरले नै उज्यालो पार्ने ठाउँ, आपूmले जानेनजानेका जडिबुटी उम्रने ठाउँ, कोही छ र यहाँ यो धर्तीलाई माया गर्ने ?
ए कोही छ कि छैन यहाँ मातृभूमि चिन्ने, लौ भनौँ को छ यो भूमिको ऋण तिर्ने, कतै छन् र आफ्नै भूमिमा पर्म गर्न सिक्ने, कोही छन् र आफ्नो धर्तीमा बसेर टिक्ने, कोही छ र यहाँ यो धर्तीलाई माया गर्ने ?