Search

द्वाल्खा गुठी दोलखाद्वारा उपत्यकामा आयोजित छलफल कार्यक्रम सकारात्मक सन्देश

द्वाल्खा गुठी दोलखाद्वारा उपत्यकामा आयोजित छलफल कार्यक्रम सकारात्मक सन्देश

बाँपीझ्याला, दोलखा । द्वाल्खा गुठी दोलखा–काठमाण्डौंको आयोजनामा हिजो असोज १३ गते शनिबार काठमाडौंको बिजुली बजार स्थित क्रिष्टल पार्टी भेन्यूमा दोलखावासी विच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. २ प्राचिन दोलखा शहरको चौघेरा भित्र जन्मेर बिभिन्न पेशा, व्यवसाय र अध्ययनको लागि काठमाडौं उपत्यका भित्र आएर बसोबास गरी रहेका दोलखाका प्रतिष्ठित व्यक्तित्वहरू विच विजया दशमी, दिपावली, छठपर्व २०८० र नेपाल सम्वत् ११४४ को अवसरमा आयोजित “दोलखाको ऐतिहासिक, धार्मीक तथा साँस्कृतिक महत्व र विकास सम्वन्ध” शिर्षकमा उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

भीमेश्वर नगरपालीका वडा नं. २ दोलखाका वडाध्यक्ष वडाध्यक्ष स्टालिन श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको गुठीका अध्यक्ष विनोद मास्केको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम संचालन गुठीका महासचिव उपेन्द्र प्रधानले गर्नु भएको थियो ।

उपस्थित महानुभावहरुलाई सह–सचिव निरेन्द्र मास्केले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो ।

द्वाल्खा गुठीले यसरी आयोजना गरेको सो महत्वपूर्ण भेलामा सोचे अनुरुपको संख्यात्मकमा उपस्थिति नदेखिए पनि अकल्पित व्यक्तिहरूको उपस्थित देखिएका थिए । जसमा धर्मवेत्ता सहित डाक्टर, नवयुवा इन्जिनियर देखि वरिष्ठतम इन्जिनियरसम्म, वरिष्ठ कलाकार, प्राध्यापक, शिक्षक, पूर्व नगरप्रमुख, प्रतिष्ठित व्यापारी, अधिवक्ता, समाजसेवी र दोलखाली युवाहरु लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रमुख र प्रतिनिधिहरू समेत गरी करिव ८२ जनाको उपस्थित रहेको थियो ।

दोलखाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्वलाई मध्य नजर राखेर गरिएको सो छलफलमा विगतमा अज्ञानतावश हुन गएका त्रुटिहरूलाई सच्याउँदै परम्परालाई यथावत राख्ने बारेमा, धार्मिक सहिष्णुतामाथि आँच पुर्याउने गतिविधि नगर्ने नगराउने बारेमा, चलि आएको परम्परालाई ओझेलमा पार्ने खालका गतिविधिलाई नियन्त्रण गर्ने गराउने बारेमा, दोलखाको मूल अस्तित्वमाथि खलल पुग्ने गरी आन्तरिक तथा बाह्य शक्तिको पहिचान गरेर निर्मूल पार्ने बारेमा आ–आफ्नो राय प्रस्तुत गरेर स्थानीय निकायका जन प्रतिनिधिसँग छलफल गरी निष्कर्षमा पुर्याउने र सकारात्मक सन्देश प्रवाह गरेर यथाशीघ्र कार्यान्वयन गराउने उद्देश्यले सो भेलाको आयोजना गरिएको थियो ।

कार्यक्रमको थालनीमा विषय प्रवेशसँगै अध्यक्ष विनोद मास्केले दोलखामा साँस्कृतिक पक्षमा विगतमा भएका त्रुटिगत कुराहरूलाई सच्याउन र चलिआएका परम्परालाई निरन्तरता दिन, स्थानीय विकासका लागि अपरिहार्य रहेका वस्तुगत र विषयगत समस्यालाई निराकरण गर्न अपनाउनुपर्ने बताउनु भयो । यही क्रममा उपस्थिती महानुभाव तथा सहभागीहरुको लागि बोल्ने समय प्रति व्यक्ती ५ मिनेट रहेको भनी महासचिव उपेन्द्र प्रधानले जानकारी गराउनु भएको थियो ।

सोही क्रममा पहिले युवाहरूको तर्पmबाट युवा समाजसेवी शान्त श्रेष्ठ (थातकोर्छेँ), समयसान्दर्भिक सम्पादक त्रिलोचन प्रधान (गुर्कोट), भैरवकुमारी गुठियार राम श्रेष्ठ (पिंगल), वनारसी सहयोगी हातहरुका अध्यक्ष निरेश श्रेष्ठ (गगरलुङा), निरोज कसजु (हाल श्यामुन्दर), श्यामकृष्ण श्रेष्ठ (दुङ्गल), इन्जिनियर श्यामचन्द्र श्रेष्ठ (ट्वाल्चा), द्वाल्खा गुठीका कार्यसमिती सदस्य अन्नपूर्ण श्रेष्ठ, पाखलति सहयोग समितिका अध्यक्ष श्याम मास्के (हाल पाखलती), त्रिविवि प्रशासन प्रमुख राजु श्रेष्ठ (नसु) थिए । त्यसैगरी समित श्रेष्ठ (श्यामसुन्दर), सुनिल श्रेष्ठ–राजेश माराङ (टसिचाबाली), दोलखाली युवा गायक दिपक स्वप्निल (लिखनबिहार्छेँ), युवा समाजसेवी राकेश श्रेष्ठ (हाल पुखुर्चा), कालिञ्चो युवा क्लवका पूर्व अध्यक्ष गोपाल प्रधान (कोत बिहार्छेँ) थिए ।

मध्य उमेर पंक्तिका इन्जिनियर विरेन्द्रकुमार श्रेष्ठ (पुरान्छेँ), कालिञ्चोक युवा क्लवका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठ (बिहार्छें लिस्टोल), युवा समाजसेवी डा. सुनिल मास्के (पालचुटी), समाजसेवी कृष्ण नारायण श्रेष्ठ (पुरान्छेँ), बाँपीझ्याला डटकमका सह–सम्पादक बालकृष्ण पासा (श्यासुन्दर) रहेका थिए ।

त्यस्तै ६८ वर्षभन्दा माथिका जेष्ठताहरूमा नेवाः देय् दवु दोलखा जिल्ला अध्यक्ष समाजसेवी देवेन्द्रनारायण प्रधान (पाखलती), द्वाल्खा नेपाल भाषा खलकका अध्यक्ष नहेन्द्र प्रधान (गुर्कोट), इन्जिनियर राष्ट्रभुषण प्रधान (गुर्कोट), समाजसेवी दिपमणि राजभण्डारी (लिस्टोल), पूर्व भीमेश्वर नगर प्रमुख चोकबहादुर दाहाल (राम्पा), कृष्णप्रसाद श्रेष्ठ (पुरान्छेँ) र प्राध्यापक अमन श्रेष्ठ (ट्वाल्चा) थिए । यसैगरी जेष्ठ नागरिक वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, समाजसेवी एवं उपकर्ण गुठीका गुठियार कृष्ण प्रसाद मास्के (पलाचुटी), प्राध्यापक डा. श्याम जोशी (ड्वाल्ङा), पर्यटन विकास बोर्ड दोलखाका अध्यक्ष समाजसेवी बैकुण्ठनारायण प्रधान (सिंहबन) र वरिष्ठ इन्जिनियर आमाकृष्ण श्रेष्ठ तथा इन्जिनियर राजकुमारी जोशीले आ–आफ्ना तर्क प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सबैले सकारात्मक र तथ्यपरक कुरालाई अघि सारेर सही सत्यतामा रहेर दोलखाको गरिमालाई उच्च बनाउन स्थानीय युवा समाजसेवी, स्थानीय जनप्रतिनिधि लगायत भीमेश्वर पूजा तथा गुठी व्यवस्थापनसँग सम्बद्ध व्यक्तिहरूले ध्यान दिनुपर्ने कुरामा केन्द्रित भएको थियो । यसवर्ष भैरवकुमारी जात्रामा देखिएको अन्योलपूर्ण क्रियाकलापले जात्राको माहोल नै विखण्डित भएकोमा धेरैले दुखेसो पोखेका थिए । त्यस्तै मच्छिन्द्रनाथ दोलखाको जात्रामा साँस्कृतिक परम्परा र मौलिकतामा फेरबदल हुँदै जानुलाई बेलैमा सोच्नु पर्ने कुरा, खड्गजात्रामा पात्रको अभाव हुने कुरा आदिमा केन्द्रित भएको थियो ।

अन्त्यमा आपूm अत्यन्तै व्यस्त हुँदाहुँदै यो महत्वपूर्ण भेलामा उपस्थित हुन आएको सार्थक भएको धारणा व्यक्त गर्दै आज उठेका कुरालाई मनन गरेर सबैसँग समन्वय गरेर दोलखामा कहिल्यै अप्ठ्यारो र अवरोध नपर्ने गरी कार्य सञ्चालन गर्न तैयार रहेको भनी वडाध्यक्ष स्टालिन श्रेष्ठले बताए ।

अन्तमा कार्यक्रमका सभापति एवं द्वाल्खा गुठीका अध्यक्ष विनोद मास्केले गुठीले सोचे अनुसार नै भएको उपस्थिति जनसमूहप्रति आभार व्यक्त गर्दै छलफलमा उठेका कार्यलाई कार्यान्वयन गर्न र गराउन पनि सबैको साथ मिल्नेछ भन्ने अभिलाषाका साथ कार्यक्रम समापनको घोषणा गरेका थिए । कार्यक्रममा प्रस्तुत गरिएका तर्कलाई विवरण सहित द्वाल्खा गुठी र भीमेश्वर नगरपालिका वडा नं. २ को तर्फबाट अध्यक्ष स्टालिन श्रेष्ठको राय र धारणा पछि प्रस्तुत गर्नेछौं ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!