Search

शान्ति र समृद्धिको कामनासहित नेवार समुदायले विराटनगरमा भीमसेन जात्रा निकालिए

शान्ति र समृद्धिको कामनासहित नेवार समुदायले विराटनगरमा भीमसेन जात्रा निकालिए

बाँपीझ्याला, काठमाण्डौं । शान्ति र समृद्धिको कामनासहित नेवार समुदायले विराटनगरमा भीमसेन जात्रा निकालिएको छ । विराटनगरको मेनरोडस्थित संसारीमाई स्थान परिसरमा रहेको भीमसेन मन्दिर परिसरबाट निकालिएको जात्राले विराटनगरक्षेत्रका विभिन्न भागको परिक्रमा गरेको छ । प्रत्येकबर्ष भाद्र शुक्ल पुर्णिमा तिथिमा विराटनगरमा भीमसेन जात्रा निकाल्ने चलन रहि आएको छ ।

विराटनगरमा २०७० साल असोज ३ गते भीमसेन मन्दिर स्थापना भएको थियो । २०७३ सालबाट प्रत्येकबर्ष जात्रा निकाल्ने गरिएको छ । नेवार समुदायले भीमसेनलाई कुल देउताका रुपमा पूजा गर्दै आएका छन् ।

भगवान शिवका ८ अवतारमध्ये एक अवतारकोरुपमा पुजिने भीमसेनलाई वैभव र समृद्धिको देउताकोरुपमा समेत पुजा गर्ने गरिएको भीमसेन मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष ललित श्रेष्ठले जानकारी दिनुभयो ।

मन्दिर परिसरबाट निकालिएको भीमसेन जात्राले रोडशेषचोक,महेन्द्रचोक,बिजुली अफिसचोकबाट मेनरोड हुँदै मन्दिर परिसरमा पुगेर समापन भएको थियो । नेवार समुदायको बाहुल्य रहेको देशका विभिन्न शहरहरुमा भीमसेन जात्रा निकाल्ने गरिएको छ ।

काठमाण्डौस्थित एक दातृ संस्थाले विराटनगरको भीमसेन मन्दिरलाई उपलब्ध गराएको सुनको जलप लगाइएको भीमसेनको मुर्ति संसारी माई मन्दिर परिसरमा स्थापना गरिए पछी भिमसेन जात्रा निकाल्न थालिएको हो भनी नेवाः अभियान्ता सञ्जु शाक्यले जानकारी दिनु भयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!