Search

चोरिएका मूर्तिलाई हराएको भन्नु उपयुक्त नहोला

चोरिएका मूर्तिलाई हराएको भन्नु उपयुक्त नहोला

पुरातत्व विभागको इतिहासमा हराएका, टुटे फुटेका, बिग्रेका र बेवास्ता गरिएका मूर्तिलाई उचित व्यवस्थापन गर्नेबारेमा अहिले भन्दा ३० वर्ष अगाडि एउटा वृहत् छलफल भएको थियो अर्थात् सालको हिसाबले वि.सं. २०५० तिर । जतिबेला २०४३ सालको हाराहारीमा साँस्कतिक सम्पदाले भरिएको शहरहरूमा अझ विशेषगरी काठमाडौं उपत्यका लगायत मोफसलका शहरहरू भएको ठाउँ काभ्रे जिल्लाको पनौती, नाला, बनेपा, पनौती, नमोबुद्ध, चौतारादेखि लिएर दोलखा जिल्लाको प्राचीन शहर दोलखा लगायत रामेछापसम्म पनि मूर्तिहरू असंख्य हराएका थिए ।

त्यस्तै उपत्यकाको साँखु, टोखा, खोकना, फर्पिङ्, दक्षिणकाली, कीर्तिपुर, ललितपुर, कान्तिपुर र भक्तपुरबाट पनि नगन्ने हिसाबले मूर्ति गायब भएका थिए । यसैगरी पश्चिममा गोरखा, तनहु, धादिङ्, पोखरा, तानसेन, पाल्पा, गुल्मी, प्युठान सहित कपिलवस्तुको लुम्बिनी मात्र नभएर उपल्लो डोल्पा, मुक्तिनाथ र दोलखाको कालिन्चोक जस्तो उच्च हिमाली क्षेत्रसम्म पनि अछूतो रहेको थिएन ती मूर्तिहरू हराउनमा ।

नेपालबाट हराएका प्रायःजसो मूर्तिहरू विदेशी संग्राहलयमा देखा पर्नुलाई कसरी हराएको भन्ने त ? विज्ञहरू नै प्रश्न गर्छन् कि यसलाई चोरिएकै हो र मिलेमतो चोराएकै हुन् भन्नलाई किन लाज मान्ने ? फरक यत्ति हो कि चोर को हो ? कसरी सिमापारि पुर्याइए ? भनेर पत्तो नपाउने प्रशासनको सामु सर्वसाधारणले गर्ने के ? यदि तल्लो निकायदेखि माथिल्लो तहसम्म मिलेमतो नभए २५ केजी देखिएका ३००÷४०० केजी सम्मका मूर्तिहरू अमेरिका, लण्डन, फ्रान्स कसरी पुगे त ? यस विषयलाई गहिरिएर छानबीन गरोस् भन्ने हेतुले ताकेता देखाउन त्यतिबेला अर्थात् २०५० सालमा पुरातत्व विभाग स्वयंले छलफलको आयोजना गरेको देखिन्छ । तर सयौँको संख्यामा बाहिरिएको मूर्ति तीन चार वर्ष बिराएर दुई तीनवटा मात्र फर्काइएको देखिन्छ ।

यही सन्दर्भलाई लिएर २०८० सालमा आएर बारबरा फाउण्डेसनको तत्वावधानमा २०८० अशोज ७ गते अर्थात् सेप्टेम्बर २४ तारिखका दिन नेपाल पर्यटन बोर्डको सभाकक्षमा नेपालबाट चोरीएका, हराएका र फिर्ता भइरहेका सम्पदाहरूको बारेमा सरोकार सम्बद्ध बुद्धिजीवी र सम्बन्धित निकायबीच संवाद गोष्ठी भएको छ ।

बारबरा फाउण्डेसनका अध्यक्ष सन्दुक रोइतको अध्यक्षतामा भएको सो गोष्ठीमा विशिष्ट आतिथ्य ललितपुर महानगरपालिकाका नगरप्रमुख चीरीबाबु महर्जनले गरेका थिए । सोही फाउण्डेसनका सदस्य डा. स्वर्णिम वाग्ले, पुरातत्व विभागकी डीजी सौभाग्य प्रधानाङ्ग, राष्ट्रिय संग्राहलयका प्रमुख जयराम, पशुपति क्षेत्रका विज्ञ डा.गोवन्द टण्डन, मुस्ताङ क्षेत्रका विज्ञ डा. रमेश ढुङ्गेल, उपल्लो डोल्पाका रिम्पोचे सेइ नामखाइ दोर्जी, नेपाल मण्डलाका विज्ञद्वय आलोकसिद्धि तुलाधर र यादवलाल कायस्थ, कानुनविद संजय अधिकारी, वास्तुविद डां सुदर्शन तिवारी, दोलखा सम्पदाप्रेमी अनिलचन्द्र श्रेष्ठ, बुंगमती सम्पदाका अनिल तुलाधर, नेपाल हेरिटेइज् रिकभरी क्यम्प्याइनका रोशन मिश्र लगायत कार्यपत्र प्रस्तोता रविन्द्र पुरी तथा अन्य सम्पदाप्रेमीहरू सहभागी भएका थिए ।

कान्तिपुरका पत्रकार देवेन्द्रराज भट्टराईद्वारा सञ्चालित सो कार्यक्रममा सहभागी विज्ञ तथा अनुभवी व्यक्त्विहरूले नेपालका शहरभित्रका मन्दिर, गुठीघर, देवल, गुम्बाबाट हराएका मूर्तिहरू अधिकांश विदेशको संग्राहलयमा प्रदर्शनको हिसाबले राखिएको देखिनु साह्रै दुःखका कुरा हुन् । यसलाई सप्रमाण भेट्टाएर फिर्ता ल्याृन पनि धेरै प्रक्रिया पुर्याउनु पर्ने र प्रक्रिया पुगिहालेपनि खर्चको कारण फर्काउन धेरै समस्या रहेको बताए ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चीरीबाबु महर्जनले आपूmले विदेश भ्रमणको क्रममा विदेशको संग्राहलयमा आफ्नो ठाउँ ललितपुरको लक्ष्मी नारायणको मूर्ति देखिदा अत्यन्तै दुःख लागेको र सो मूर्ति फर्काउने पहल गर्ने कुरा राख्दा फर्काउन त फर्काउने तर फर्काएर राष्ट्रिय संग्राहलयमा राख्ने कुरा भएपछि आपूmले नमानेको र यदि फर्काएर जहाँबाट हराएको त्यहीं नै राख्ने हो भने आपूmले पहल गर्ने हैन भने नगर्ने भनेपछि पछि समन्वय भएर सो मूर्ति फर्काइएको बताए ।

यसैगरी पाटन ललितपुरकै च्यासल र अन्य एक चाहिँ भक्तपुर गोलमढीको मूर्तिपनि फ्रान्सका राजधानी पेरिसको म्युजियममा रहेको भन्ने जानकारी आयो र त्यसलाई पनि फर्काउने पहल गर्ने कुरामा अमेरिकाबाट ल्याउन अलिक सहज हुने र फ्रन्सबाट ल्याउन अलि झण्झटिलो देखिएको बताए । तैपनि फर्काउन भक्तपुर नगरपालिकासँग पनि कुरा चलाएको र आफ्नो टोलमा पनि बैठक बोलाएर जसरी नि फर्काउने पहल गर्ने कार्य अघि बढाएको बताए । यसरी नै उनले अन्य मूर्ति ल्याउन पनि आपूmले सहयोग गर्ने बताए ।

त्यसैगरी पशुपति क्षेत्रका विज्ञ गोविन्द टण्डनले विश्व सम्पदा सूचिमा रहेको पशुपति महादेव परिसर भनेको विश्वका दुई अरब जनसंख्याको अन्तिम गन्तव्य हो । यहाँ बाचुन्जेल देवता मानेर आशीर्वाद पाउने अभिलाषाले दर्शन गर्न आउनेहरू अधिक मात्रामा छन् भने यहाँ आएर गाली गरेर फर्कनेहरू पनि नभएका होइनन् । कहिले धर्ममा के भएन, कहिले संस्कृतिमा के गरेन भनेर अपजस, अवगुण पोखेर जानेहरू पनि छन् तैपनि अन्तिममा यहीँबाट मानवीय इहलीला समाप्त गरेरै जान्छन् । विक्रम सम्वत ५९० मै पशुपति मूल वासस्थान यहीं हो भनेर घोषणा भैसकेको अवस्थामा यसको अस्तित्व कतिसम्म छ भन्ने जान्न जरुरी छ । यहाँ शैव, जैन, बौद्ध, वैष्णव आदि इत्यादि सम्पूर्ण यहीं नै रहेको छ भनी बताउँदै हराएका या चोरिएका मूर्तिहरूलाई म्युजियममा राख्ने कुरामा आपूm असहमती भएको बताए । उनको भनाइमा मूर्तिलाई म्युजियममा राखेपछि भक्तजन र दर्शनार्थी जाने कहाँ त ? बिहानै गएर पूजाआजा गर्ने, भजन आरती गर्ने, श्रद्धाभाव व्यक्त गर्ने थलो नै मन्दिर हो भने म्युजियममा राख्नुको औचित्य नरहेको बताए ।

यसैगरी इतिहासकार लैनसिंह बाङदेलले लेखेको ‘स्टोलेन इमेज अफ नेपाल’ मा पशुपतिमा नहराएको मूर्तिलाई पनि हराएको भन्ने लेखिएको देखिनुमा उनमा सोधखोजको अभाव देखिएको हो । मूर्ति अलिक जीर्ण र अव्यवस्थित भएको अवस्थामा त्यहाँका समिति र गुठियारले संरक्षण गर्ने हिसाबले उठाइएको अवस्थालाई नबुझेर वाङदेलले हराएको भनेर लेखेको बताए । नेपालमा मूर्ति हराउने प्रक्रिया चाहिँ एकताकाको हिप्पी माहोलबाट शुरु भउको हो कि भन्ने अनुमान लगाए । किनकि त्यतिबेला हिप्पी मोडेलका विदेशीहरू आएर तस्बिर खिचेर लाने, भिडियो चित्र बनाएर लाने गर्दा विश्वमै नभएको कलात्मक मूर्ति नेपालमा रहेछ भन्ने प्रचारबाट पनि हराउन थालेको होकि भन्ने अनुमान बताए ।

यसलाई रोकथाम गर्ने उपाय भनेको राज्यले पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ । यहाँका राजनीतिज्ञहरू राज्य भित्रका धार्मिक, साँस्कृतिक र सम्पदाका कुरालाई त्यत्ति वास्ता गरेको नदेखिनु विडम्बनाको कुरा हो भन्ने तर्क सुनाए । त्यसैगरी आजको छलफलमा डा. रमेश ढुङ्गेलले आपूmले विदेशी भूमिमा नेपाल भित्रका धेरै मूर्तिहरू रहेका कुरा प्रत्यक्ष अप्रत्यक्ष दुवै तरिकाबाट देखि जानेको र सुनि आएकोले सोधखोज गर्दै जाँदा अमेरिका लण्डन र फ्रान्स (पेरिस)मा हुबहु मूर्तिहरू संग्राहलयमा सजाएर राखेको देखेर त्यसलाई कसरी नेपाल फर्काउने र फर्काउन पहल गर्ने त भन्ने कौतुहलता जागेपछि सबैभन्दा सजिलो उपाय त्यही मूर्तिहरूको तस्बिर संकलन गरेर किन एउटा पुस्तक तैयार नगर्ने भन्ने सोचले ‘स्टोलेन इमेज’ नामको पुस्तक तैयार गरेको बताए ।

त्यसरी नै दोलखाका सम्पदाप्रेमी युवक अनिलचन्द्र श्रेष्ठले दोलखामा प्रत्येक टोलमा गुठी रहेको र प्रत्येक गुठीघरमा विभिन्न किसिमका देवताका मूर्तिहरू रहेको र त्यसमा प्रायशः धेरैजसो हराइसकेको अवस्थामा रहेको र जुन विदेशी संग्राहलयमा रहेको जानकारी त छ तर त्यसलाई फर्काउन व्यक्तिगत तवरले सम्भव नभएकोमा पुरातत्व विभागको ध्यान जान जरुरी रहेको बताए । यसैगरी गत केही महिना पहिले मात्र वज्रधरको मूर्ति लण्डनबाट हङकङमा लगेर प्रदर्शन गर्न राखेको अवस्थामा फेला परेपछि स्थानीय दोलखाकै सम्बन्धित व्यक्तिकै मातहतबाट आपैंmले नगद समेत खर्चेर सबै प्रकिया पुर्याएर फर्काएको बताउँदै अब नक्छेँमिको भैेरवको ठूला ठूला मुखाकृति भएको भैरव (हाथ्व) मूर्तिको सबै प्रक्रिया पूरा भएपनि आर्थिक चाँजो मिलाउन कठीन भएकोले ढिलाइ भएको बताए ।

पुरातत्व विभागकी डिजी सौभाग्य प्रधानाङ्गले आपूm भर्खरै मात्र पुरातत्व विभागमा प्रवेश गरेकोले त्यत्ति ज्ञान नभए पनि यही ठाउँमा हुर्केर यहींको संस्कारमा संस्कृतिमा रहेको कारणले केही केही जानकारी भैहाल्छ । लिच्छवी कालदेखि नै सम्पदा संस्कृतिको संरक्षण गर्ने कार्य परम्परादेखि नै चलिआएको थियो । जसलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा खुलेर प्रशंसा गर्न र बुझ्न नसकेको देखिन्छ । किनकि त्यतिबेलाका धेरैजसो लिपि शिलालेखहरूमा या कागजपत्रमा चोरिएमा, टुटाइ फुटाइ गरेमा कैद जरीवाना सहित सजाय दिलाइनेछ भनेर लेख्नुको तात्पर्य पहिले देखि नै यस्तो गलत कार्य भै नै रहेको भन्ने बुझिन्छ भनी बताइन् । अब पुरातत्व विभागले विभिन्न तथ्य सत्य प्रमाण स.कलन गरेर हराएका सम्पदालाई नियन्त्रण गर्न र फर्काउन विशेष कदम चाल्ने योजना रहेको बताइन् । यसमा सबैको समन्वय हुन आवश्यक रहेको बताइन् ।

त्यसैगरी रविन्द्र पुरीले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै हराउका मूर्तिहरूबारे वृत्तचित्र सहित प्रस्तुत गर्दै भक्तपुरका एक समुदायले पञ्चदानमा प्रयोग गरिने स्वर्णलिपि मुकुट हराएकोल अहिले मखमली कपडाको मुकुट (टोपी) बनाएर लाउँदै परम्परा चलाउँदै आउको वृत्तचित्र प्रस्तुत गर्दै निकट भविष्यमा एउटा संग्राहलय बनाएर हराएका र हराउला भन्ने सम्भावित ठाउँका मूर्तिहरू एकै ठाउँमा राखेर संरक्षण गर्ने लक्ष्य रहेको वृत्तचित्र पनि प्रस्तुत गरेका थिए ।

यसरी सो कार्यक्रममा केहीले सम्पदा भनेकोसबैको साझा सम्पत्ति हो यसलाई हाम्रो क्षेत्र भित्रको होइन हामीलाई सरोकार छैन भन्ने तरिकाले सोच्नु भएन भन्ने तर्क प्रस्तुत गरेका थिए ।

संयोजन, बालकृष्ण ‘श्रेष्ठ पासा’

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!