बाँपीझ्याला, काठमाण्डौं । साताको शेयर बजारको पहिलो दिन नै शेयर बजार ओरालो लागेको छ । आज १९ दशमलव ४२ अंकले गिरावट आएको शेयर बजार परिसूचक २०१० दशमलव ३५ विन्दुमा पुगेको छ ।
आइतबार २८५ कम्पनीका ९ लाख ३ हजार ९४१ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ३ दशमलव १० अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३८५ दशमलव ६२ विन्दुमा पुगेको छ ।