Search

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका महामहिम राष्ट्रपति बीच मैत्रीवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका महामहिम राष्ट्रपति बीच मैत्रीवार्ता

बाँपीझ्याला, काठमाण्डौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट सिधै चीनको हाङचाउ पुगेर महामहिम राष्ट्रपति सी चिनफिङबीच सौहार्दमय ऐतिहासिक भेटवार्ता गर्नु भएको छ । यसै गरी आइतबार राजधानी बेइजिङमा चीनियाँ उद्योग व्यवसायीहरूको संस्था सिसीपिआइटीको आयोजनामा भैरहेको नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्न भएको छ ।

चीनको साताव्यापी भ्रमणका लागि शनिबार चीनको हाङ्जाओ आइपुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्वीपक्षीय हितका विविध विषयमा खुला र स्पष्ट रुपमा छलफल गरेका छन् । वार्तामा दुवै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र सम्बृद्धिका लागि सबै क्षेत्रीय शन्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति रह्यो ।

दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ । यस्तै, राष्ट्रपति सीले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टू वान र प्रतिनिधि मण्डलसँग सामूहिक रूपमा समेत गरी एक घण्टा लामो वार्तामा राष्ट्रपति चिनफिङले शान्तिपूर्ण सह–अस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको कुनै भेदबिना समान सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताए । उनले नेपालले एक चीन नीतिप्रतिको प्रतिवद्धता व्यवहारबाटै पुष्टि गरेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अंगिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको बेल्ट एन्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकको स्मरण गरे । चीनको विकासले एसिया क्षेत्रकै विकासमा सहयोग पुग्ने अपेक्षा प्रधानमन्त्रीले गरेको अभिव्यक्ति दिनु भयो ।

राष्ट्रपति सीले प्रधानमन्त्री प्रचण्डसँगका यसअघिका भेटहरूको चर्चा गर्दै आफू राष्ट्रपति हुनासाथ दक्षिण एसियाबाट पहिलो नेताकारूपमा चीनमा स्वागत गरेको स्मरण गरे । उनले यस किसिमका छलफलले दुई देशबीचका सम्बन्ध र विश्वासलाई अझ सुदृढ गर्ने बताएका कुरा अन्तराष्ट्रिय पत्रपत्रिकामा समेत सम्प्रेषण गरेका छन् ।

नेपालका प्रधानमन्त्री अमेरिकाबाट सिधै चीन प्रस्थान गरेको कार्यक्रमलाई विभिन्न दृष्टिकोणले अनेकौँ चर्चापरिचर्चा चिया चौतारीदेखि स्वजन दौँतरीसम्म चलेको सुनिन्छ । एक देशको प्रमुख नेता विकसित र धनी राष्ट्रहरूका प्रमुखको विविध कार्यक्रमको सिलसिलामा निमन्त्रणा आएपछि जानेआउने गर्नु कुनै नौलो कुरा होइन ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!