Search

बाल सचेतना केन्द्र नेपाल बौद्धद्वारा दोलखाका दुई जेष्ठ नागरिक व्यक्तित्व सहित अन्य १८जनालाई विशेष सम्मान

बाल सचेतना केन्द्र नेपाल बौद्धद्वारा दोलखाका दुई जेष्ठ नागरिक व्यक्तित्व सहित अन्य १८जनालाई विशेष सम्मान

बाँपीझ्याला, काठमाण्डौं । बाल सचेतना केन्द्र नेपाल बौद्धले आज बौद्ध महांकालमा अवस्थित शान्तिनगर उपभोक्ता समितिको सभाहलमा आफ्नो १२औँ वार्षिक साधारणसभा तथा ४४औं सामाजिक सेवा दिवस सम्पन्न गरेको छ । उक्त अवसरमा ७५ वर्षभन्दा माथिका १९ जना जेष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरेको छ ।

साथै यसै कार्यक्रममा अपाङ्ग भएर पनि बौद्धिक क्षमता भएका दुईजनालाई प्रशंसापत्र, पाँचजना गरीब बालबलिकालाई उपहार सहित प्रमाणपत्र, समाजसेवी छ जनालाई प्रशंसापत्र र आजीवन सदस्य दुईजनालाई प्रमाणपत्र सहित सम्मान गरेको छ ।

बाल सचेतना केन्द्रका अध्यक्ष बाबुराम फुयालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मीठाराम अधिकारी, विशिष्ट अतिथि बु.न.पा. वडा नं. १२ का वडा अध्यक्ष मणिदेव भट्टराई, गोकर्णेश्वर न.पा. वडा नं ६ का अध्यक्ष नवराज लामा, कामनपा ५का पूर्व वडाध्यक्ष सम्पूर्णकुमार लामा, वरिष्ठ कलाकार एवं जेष्ठ नागरिक महासंघका पूर्व अध्यक्ष मदनदास श्रेष्ठ थिए । यसै गरी अतिथिमा कानुन व्यवसायी प्रवीण प्रधान, प्रेमपूर्णप्रताप फाउण्डेसनका अध्यक्ष शान्ति श्रेष्ठ, सभ्य समाज नेपालका अध्यक्ष कमला कार्की र सचिव कल्पना श्रेष्ठ, शान्तिनगर उपभोक्ता समितिकी अध्यक्ष शोभा खरेल, बाँपिझ्यालाका सह–सम्पादक बालकृष्ण श्रेष्ठ लगायतका अन्य शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

विशेष सम्मानित अतिथि दीर्घामा जेष्ठ नागरिक काठमाडौं सुकेधार रारामार्ग निवासी (पहिले बोद्ध)का ८५ वर्षीय जेष्ठ नागरिक तुलसीनारायण खम्हु श्रेष्ठ, भीमेश्वर नगरपालिका वडा नं २ दोलखा जन्मघर भै हाल रविभवन गोदार मार्ग निवासी ८२ वर्षीय यज्ञकुमार प्रधान, काठमाडौ महानगरपालिका वडा नं २ की ८५ वर्षकी जीतमाया महर्जन लगायतका अन्य १७ जना थिए ।

प्रमुख अतिथिद्वारा मैनबत्ती बालेर उद्घाटन गरिएको सो कार्यक्रममा अभिलेख अर्यालले स्वागत मन्तव्य दिएको थियो भने कोषाध्यक्ष शर्मिला उप्रेतीले ०७९÷८० को आर्थिक गतिविधिको विवरण प्रस्तुत गरेकी थिइन् । त्यसैगरी ०७९÷८० को आर्थिक प्रगति एवम् कार्य प्रगति प्रस्तुत महासचिव बुद्धिमान लिम्बुले गरेका थिए । यस संस्थाका अध्यक्ष बाबुराम फुयालले वार्षिक कार्य योजना प्रस्तुत गरेका थिए ।

यसपछि कार्यक्रमको रूपरेखा अनुसार जेष्ठ नागरिकहरूलाई दोसल्ला ओढाई सम्मानपत्र सहित आदरणीय व्यक्तित्वहरूलाई सम्मान व्यक्त गरिएको थियो । उक्त अवसरमा भीमेश्वर नगरपालिका वडा नं. २ जन्म घर भई हाल काठमाडौंमा रहेका जेष्ठ नागरिक यज्ञकुमार प्रधान र वरिष्ठ कलाकार एवं समाजसेवी मदनदास श्रेष्ठ, काठमाडौं सुकेधारा धोबीखोलामा रहेका समाजसेवी तुलसीनारायण खम्हु श्रेष्ठ लगायत अन्य १७ जनालाई जेष्ठ नागरिकको आदरतामा सत्कार सहित सम्मान गरिएको थियो ।

बाल सचेतना केन्द्र नेपालको १२औ वार्षिक साधारणसभाको उत्तरोत्तर प्रगतिको कमना गर्दै वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, कानुन व्यवसायी प्रवीण प्रधान, सभ्य समाज नेपालकी अध्यक्ष कमला कार्कीले आ–आफ्नो तर्फबाट शुभकामना मन्तव्य राखेका थिए भने बुनपा वडा १२का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले उक्त संस्थाले गरेको क्रियाकलापको प्रशंसा गर्दै आफ्नो वडाले सकेको सहयोग दिने वचन व्यक्त गरे ।

प्रमुख अतिथि मिठाराम अधिकारीले आफ्नो मन्तव्यमा बाल सचेतना केन्द्रले विगत देखि वर्तमान सम्म समाज रुपान्तरण्का लागि उपयुक्त बनाउन धेरै नै सराहनीय कार्य गर्दै आएको आपूmले प्रत्यक्ष रूपमा देख्दै आएको र बाल बालिका देखि युवायुवती, किशोर विद्यार्थी सबैलाई लक्ष्यित गरेर कार्यक्रम गर्दै आएको यो संस्थाप्रति कृतज्ञता व्यक्त गरे ।

त्यसैगरी बाल सचेतना केन्द्र नेपाललले आयोजना गरेको कार्यक्रमलाई समाजसेवी सकुना श्रेष्ठको तर्पmबाट नगद रुं १५ हजार, प्रचण्डध्वज कार्कीबाट १५ हजार, उर्मिला श्रेष्ठबाट १३ हजार (दोसल्ला), सभ्यसमाजबाट रु. १० हजार, प्रतिमा राईबाट ५ हजार, विदुर सापकोटाबाट ५ हजार आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष फुयालले बताए ।

आजै सो कार्यक्रममा अन्नपूर्ण दैनिक पत्रिकाका प्रधान सम्पादक अखण्ड नेपाल, साहित्यकार विप्लव ढकाल, नवराज लामा, बालकृष्ण श्रेष्ठ, शान्ति श्रेष्ठ, कल्पना श्रेष्ठ लगायत अन्यलाई मायाको चिनो संस्थाका अध्यक्ष बाबुराम फुयालले प्रदान गरेका थिए । आजको कार्यक्रम संस्थाका उपाध्यक्ष नारायण प्रसाद अधिकारीले सञ्चालन गरेका थिए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!