Search

चरिकोटमा ४ दिने खोज पत्रकारिता तथा मल्टिमिडिया तालिम सम्पन्न

चरिकोटमा ४ दिने खोज पत्रकारिता तथा मल्टिमिडिया तालिम सम्पन्न

बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा ४ दिने खोज पत्रकारिता तथा मल्टिमिडिया तालिम सम्पन्न भएको छ । आदिवासी जनजाति पत्रकार महासंघ दोलखाले गत बुधबारदेखि शुरु गरेको उक्त तालिम एक कार्यक्रममा बिच आज शनिबार सम्पन्न भएको हो।

सम्पन्न कार्यक्रममा मेलुङ्ग गाउँपालिकाका अध्यक्ष हिरा थोकरले तालिममा सहभागी भएका २० जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो।

तालिममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघीय उपाध्यक्ष अमरध्वज लामा, कान्तिपुर ग्रुपका उपसम्पादक केदार शिवाकोटी र आर्थिक पत्रकार समाजका अध्यक्ष सुजन ओलीले प्रशिक्षण दिनुभएको थियो। तालिममा जिल्लाका नयाँ तथा क्रियाशील पत्रकारहरुको सहभागितामा रहेको थियो।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!