बाँपीझ्याला, काठमाण्डौं । नेवाः देय् दवु काभ्रे पलाञ्चोक जिल्ला समिती पुनर्गठन भएको छ । बाग्मती प्रदेशको सदस्य शुक्र श्रेष्ठको सभापतीत्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी नेवाः देय् दवुका का.वा अध्यक्ष चन्द्रलाल राजभण्डारी, विशिष्ठ अतिथीमा नेवाः देय् दबु केन्द्रिय उपाध्यक्ष एवं बाग्मती प्रदेश इन्चार्ज शान्त श्रेष्ठ, केन्द्रिय सचिव हरिकुमार श्रेष्ठ, केन्दिय सदस्यहरु अनिल लेकाली, स्वःनिग विशेष प्रदेश समिती अध्यक्ष श्रीकृष्ण महर्जन लगायत विभिन्न जिल्ला समिती सदस्य र गाउँ समिती सदस्यहरुको उपस्थिती रहको थियो ।
यसै गरी पनौती वडा नम्बर ७ का अध्यक्ष सबिन ताम्राकार, फुल्चोकी नेवाः कल्याण समाजको अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ, काठमाडौ जिल्ला अध्यक्ष धन बहादुर तिमिला लगाएतको व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम भिमदेब समाजको सचिब रामहरी श्रेष्ठ संचालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत फुल्चोकी नेवाः कल्याण सचिब चित्र बहादुर श्रेष्ठ स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो ।
यसै गरी जिल्ला समिती कृष्ण कर्मचार्य अध्यक्षतामा सर्वसम्मती चयन गरिएको छ । जसमा अध्यक्षमा कृष्ण कर्मचार्य, बरिस्ठ उपाध्यक्षमा निबाश श्रेष्ठ, उपाध्यक्ष नबराज मानन्धर, सचिबमा पुर्णमाया कर्मचार्य, कोषाध्यक्षमा रामहरी श्रेष्ठ र सदस्यहरुमा चित्र श्रेष्ठ, शिव नारायण घुल्लु, प्रकाश श्रेष्ठ, इन्द्र लाल श्रेष्ठ, रमा श्रेष्ठ, अर्बिन मकाजु, राजकुमार खिबन्जरा, मित्र कर्मचार्य, राजु श्रेष्ठ चयन हुनु भएको छ ।