Search

सिरहाको एक कपडा पसलमा आगलागी हुदाँ लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट

सिरहाको एक कपडा पसलमा आगलागी हुदाँ लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट

बाँपीझ्याला, काठमाण्डौं । सिरहाको विष्णुपुर बजारमा रहेको एक कपडा पसलमा आगलागी हुदाँ लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ। विष्णुपुर गाउँपालिका ५ का चन्देश्वर महतोले विष्णुपुर १ बजारमा सञ्चालन गर्दै आएको कपडा पसलमा आगलागी हुँदा ८० लाखभन्दा बढीको धनमाल जलेर काम नलाग्ने भएको हो।

आगलागीबाट पसलमा रहेका सवै कपडा, र्याक, नगद तथा पसल रहेको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। प्रारम्भिक तत्थाङ्क अनुसार ८० लाखभन्दा बढीको धनमाल जलेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिएका छन ।

उनका अनुसार क्षतिका विवरणहरु अझै संकलन हुन बाँकी रहेकोले तत्कालै क्षतिको एकीन गर्न नसकिने बताए। बिधुत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीको भनाई रहेको छ। नजिकै रहेको चिया पसलेले पसलबाट धुवा निस्किरहेको देखेपछि तत्काल प्रहरीलाई खवर गरेका थिए। प्रहरी आएर पसल खोल्ने प्रयास गरे पनि सम्भव नभएपछि पसलका साहुलाई बोलाइएको थियो।

पसलले आउँदा सम्ममा धेरै सामान जलिसकेको प्रहरीले बताएको छ। सिरहा र गोलबजार नगरपालिकाबाट गएका बारुण यन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हो। घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!