Search

श्रीलंकामाथि ६.१ ओभरमै लक्ष्य पूरा गर्दै भारतले जित्यो

श्रीलंकामाथि ६.१ ओभरमै लक्ष्य पूरा गर्दै भारतले जित्यो

बाँपीझ्याला, काठमाण्डौं । भारतले आठौँपटक एसीसी एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले आठौँपटक उपाधिमाथि कब्जा जमाएको हो ।

श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले ६ ओभर १ बलमा पूरा गर्‍यो ।भारतको जितमा ईशान किशनले २३ रन तथा शुवमन गिलले २७ रनको योगदान गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १५ ओभर २ बलमा सबै विकेट गुमाएर ५० रनमात्र जोड्न सक्यो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन जोडे । भारतीय बलर मोहम्मद सिराजले ६ विकेट हात पारे । हार्दिक पाण्डयाले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!