Search

राम्रो निद्रा पाउन यी ५ उपाय

राम्रो निद्रा पाउन यी ५ उपाय

दैनिक जीवनलाई सहज बनाउनलाई हामीलाई रातमा पर्याप्त निद्रा आवश्यक पर्दछ । निद्रा नपुग्दा हाम्रो स्वास्थ्यमा विभिन्न खालका समस्याहरू देखिन सक्छ । त्यसैले, राम्रो निद्रा पाउन यस्ता कुराहरू दैनिकरूपमा अपनाउनुपर्ने हुन्छ ।

१. राम्रो निद्रा लिनका लागि सबैभन्दा पहिला सुत्ने कोठाको तापमानलाई ठीक राख्न तथा सरसफाइ एकदमै जरुरी हुन्छ । त्यसका लागि तपाईंले यदि, कोठा तातो छ भने झ्यालहरू खोल्ने वा पंखा आदि चलाएर कोठालाई सही तापक्रममा ल्याउनुहोस् । वा एकदमै चिसो छ भने त्यही अनुसारले तातो कपडा ओड्ने र कोठालाई तताउने व्यवस्था गर्न सकिन्छ ।

२. धेरै मानिसहरू गलत समयमा सुत्ने बानीले गर्दा पनि समयमा निद्रा नआउने समस्याले ग्रस्त हुन्छन् । त्यसैले, सकेसम्म तपाईं आफ्नो सुत्ने समयलाई सही गर्नुहोस् । कुनै पनि हालतमा आफ्नो सुत्ने समयलाई नटाल्नुहोस् ।

३. यदि, तपाईं सुतिसकेपछि पनि निद्रा नलाग्ने समस्या छ भने यसका लागि दैनिक रूपमा कसरत, योगा, व्यायाम आदि जस्तो पनि खालको कुनै कसरत गर्न सक्नुहुन्छ ।

४. रातको समयमा धेरै पानी पिएर सुत्नुहुँदैन । किनकि, तपाईंलाई पटक-पटक पिसाब लाग्न सक्छ जसले गर्दा निद्रा ब्युँझिरहन्छ । यसरी बीच बीच निद्रा टुक्रिराख्दा पनि निद्रा पूरा हुन पाउँदैन । शरीर बिहान उठ्दा पनि थकित महसुस हुन्छ ।

५. सुत्नुभन्दा केही घण्टाअघि मोबाइल, टिभी आदि उपकरणहरू नचलाउनुहोस् । अहिलेको मुख्य समस्या पनि मोबाइलमा लामो समय मानिस झुन्डिरहने वा चलाइरहनेले गर्दा समयमा निद्रा नलाग्ने समस्या देखिन्छ ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!