Search

जर्मनीले फ्रान्सलाई हरायो

जर्मनीले फ्रान्सलाई हरायो

बाँपीझ्याला, काठमाण्डौं, डर्टमण्ड । म्यानेजर हान्सी फ्लीकलाई बर्खास्त गरेपछिको पहिलो खेलमा जर्मनीले मैत्रीपूर्ण खेलमा फ्रान्सलाई हराएको छ । शनिबार जापानसँग ४–१ गोलले पराजित भएपछि जर्मनीले फ्लीकलाई बर्खास्त गरेको थियो । उनको स्थानमा पूर्व स्ट्राइकर रुडी भोलरले अन्तरिम रूपमा नेतृत्व सम्हालिरहेका छन् ।

मंगलबारको खेलमा जर्मनीले सुरुवातमा नै अग्रता लियो । थोमस मुलरले चौथो मिनेटमा टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको ८७ औँ मिनेटमा लेरोय सानेले गोल गर्दै अग्रता दोब्बर बनाए ।

तर, लगत्तै फ्रान्सले पेनाल्टी पायो । जसलाई एन्टोनी ग्रिजमानले सजिलै गोलमा परिणत गरे । त्यसपछि कुनै गोल हुन सकेन र सन् २०२२ को विश्वकप फाइनलपछि फ्रान्स पहिलोपटक पराजित हुन पुग्यो । यता सन् २०२३ मा खेलिएका सात खेलमा जर्मनीको यो मात्र दोस्रो जीत हो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!