Search

एसीसी एसिया कप : भारतले पाकिस्तानलाई २ सय २८ रनको पराजित

एसीसी एसिया कप : भारतले पाकिस्तानलाई २ सय २८ रनको पराजित

बाँपीझ्याला, काठमाण्डौं । एसीसी एसिया कपको सुपर फोरमा भारतले आयोजक पाकिस्तानमाथि शानदार जित हात पारेको छ । श्रीलंकामा सोमबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनको ठूलो अन्तरले पराजित गरेको हो ।

भारतले दिएको ३ सय ६७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ३२ ओभरमै सबै विकेट गुमाएर १ सय २८ रनमात्र जोड्न सक्यो ।

पाकिस्तानका लागि आगा अस्गर र इफ्तिकार अहमदले समान २३(२३ रन जोडे । भारतीय बलर कुलदिप यादवले सर्वाधिक ५ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेटको क्षतिमा ३ सय ५६ रन बनायो । भारतका लागि म्यान अफ द म्याच घोषित विराट कोहलीले अविजित १ सय २२ तथा केएल राहुलले अविजित १ सय ११ रन जोडे ।

पाकिस्तानका लागि शदाब खान र शाहिन शाह अफ्रिदीले १(१ विकेट हात पारे ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!