Search

मञ्जरी सांगितीक पाठशालाको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न “रानी झै गम्मक” बोलको गितमा मोडेल अञ्जु सुनारको धमाकादार नृत्य

मञ्जरी सांगितीक पाठशालाको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न “रानी झै गम्मक” बोलको गितमा मोडेल अञ्जु सुनारको धमाकादार नृत्य

बाँपीझ्याला, काठमाण्डौं । मञ्जरी सङ्गीत पाठशालाको आयोजनामा तीज विशेष सास्कृतिक दर कार्यक्रम भब्यताको भैसेपाटीमा सम्पन्न भएको छ । समकालिन एकता समाज नेपालकी अध्यक्ष समाजसेवी एवं गायीका सकुना श्रेष्ठ मलेकुको विशेष आतिथ्यमा सम्पन्न उक्त सांगितीक कार्यक्रममा गायीका सुनिता कार्की र निशा रनपालको विशेष प्रस्तुती रहेको थियो । यसै गरी मोडेल अञ्जु सुनारको धमाकादार डान्सले छुट्टै मज्जा दिईएको थियो ।

सकुना श्रेष्ठ मलेकुको आफ्नै स्वर र गायीका मञ्जु उपासनाका स्वर रहेको “रानी झै गम्मक” बोलको यसपालीको तिजको गितले कार्यक्रममा उपस्थित नेपाली महिना दिदीबहीनीहरुलाई बेजोड मनोरञ्जन दिन सफल भएको थियो भनी गायीका मञ्जु उपासनाले बाँपीझ्याला डटकमलाई बताउनु भयो ।

समाजसेवी सकुना श्रेष्ठ मलेकुले विगत २०७८ सालको तिजको अवसर पारेर २०७८ श्रावण २४ गते आफ्नो र गायीका मञ्जु उपासनाको गायन रहेको पहिलो प्रस्तुती “माईतीको आगन” बोलको गित सार्वजनिक गरिएको हो । जुन गितले तिजमा नेपाली दिदीबहीनीहरुको बिच चर्चित हुन पुग्यो ।

२०७९ भाद्र १३ गते दोश्रो प्रस्तुती वहाँको एक्कल गायनमा आधुनिक भजन संग्रह “श्याम सुन्दर खोजु कति गयौ कता तिर, कहिले बस्ने नन्द गाउँ कहिले बस्ने यमुना तिर” भन्ने सुन्दर बोल रहेको “श्यामसुन्दर खोजु कति” भजनको गिती संग्रह ल्याउन सफल हुनु भयो ।

यसै गरी तिज पर्व २०७९ को अवसर पारेर.२०७९ श्रावण २४ गते तेस्रो प्रस्तुती “तिजको लहर छ गाउँशहर” बोलको गित नेपाली सांगीतीक क्षेत्रमा ल्याई सक्नु भएको छ ।

२०७९ पौष १३ गते जन्मभूमी दोलखालाई सम्झी “जन्मघर दोलखा हो, मेरो माईती घर” बोलको चौथो गित सार्वजनिक गर्न सफल हुनु भएको छ । यो समेत सकुना मलेकुको छ वटा गित सार्वजनिक हुने भएको छ ।

यसै गरी भर्खर यही फागुण १ गते सोमबार “शिव भजन” संग्रह पाँचौ भजन संग्रह सार्वजनिक गरिएको थियो । यसै गरी छैटौं प्रस्तुतीमा नारी दिवसको अवसर पारेर नारी गित “कति सहन्छौं पिर व्यथा” २०७९ फागुण २३ गते सार्वजनिक गरिएको थियो ।

यसै गरी आज सातौ प्रस्तुती तिजको गित “रानी झै गम्मक’ बोलको गित सार्वजनिक गर्न सफल हुनु भएको छ । यस गितले झनै नेपालको साँगितीक क्षेत्रमा अर्को टहल्का मचाएको छ । समाजसेवी सकुना श्रेष्ठ मलेकुले यसरी छोटो समयमा नेपालको सांगितीक क्षेत्रमा प्रवेश गर्ने वितिकै दर्शकको मन जिती जुन सफलता हासिल गरेर अगाडी बढ्नु भएको छ, त्यसमा वहाँले गर्व गर्नु हुन्छ ।

३ दशक भन्दा बढी समाजसेवीको रुपमा आफु हिडेको भएतापनी अहिले आफु गायिका भएर अगाडी बढ्ने कुरामा अलि भिन्न महशुष गर्नु हुन्छ । समाजसेवा र सांगितीक क्षेत्र भिन्न पाटो भएको भएतापनी पनी सामाजिक क्षेत्रबाट पाउने मान मर्यादा र सम्मानमा भिन्न नभएको बताउनु हुन्छ ।

यसरी २०७८ सालदेखि नेपालको सांगितीक क्षेत्रमा प्रवेश गरे लगतै आफुलाई स्थापित गर्न सहयोग, सद्भाव राखी माया गर्नु हुने सांगितीक क्षेत्रका सम्पूर्ण महानुभाव, शुभचिन्तकहरु र वहाँलाई यस क्षेत्रमा प्रवेश गर्न उत्प्रेरणा दिनु आफ्नो परिवारका सदस्य लगायत मञ्जरी पाठशालाका संचालिका मञ्जु उपासना, शिव सुनार, बाँपीझ्याला मिडिया लगायत समकालिन एकता समाज नेपालका समकालिन साथीसंगीका साथै अन्य शुभचिन्तकहरु महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गर्नु हुन्छ ।

यसै गरी सामाजिक, सांगितीक क्षेत्रमा आफ्नो निरन्तर प्रयास जारी रहने अभिव्यक्त दिनु हुर्दै आगामी दिनमा पनी यसै गरी सम्पूर्ण महानुभावहरुको माया, ममता र सद्भाव पाउनेमा वहाँ विश्वस्त हुनु हुन्छ ।

यसै गरी मञ्जरी सङ्गीत पाठशालाको आयोजनामा “तीज विशेष सास्कृतिक दर कार्यक्रम” भब्यताको सम्पन्न कार्यक्रमलाई सफल बनाउन मनै देखि सहयोग गर्नुहुने आदरणीय सकुना श्रेष्ठ मलेकु, सुश्मा बोगटीलाई संगीत पाठशाला सञ्चालिका उपासनाले विशेष धन्यवाद दिनु भएको छ ।

यसै गरी निरु खड्का, रुकु चन्द, माया श्रीस, कमला पौडेल, शशी कार्की, शिव गोपाल थापा, मिडिया पार्टनर बाँपीझ्याला मिडिया लगायत सम्पुर्ण मन्जरी सङ्गितका बिद्यार्थी, अविभाबक, साथै आफ्नो निमन्त्रणालाई स्वीकार गरि पाल्नु भएका अतिथी, कलाकार सुनिता कार्की, निशा रन्पाल, अमिशा रिसाल, रक कौसल सबैमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नु भएको छ ।

साथै आगामी दिनहरुमा सम्पूर्ण महानुभाव, शुभचिन्तकहरुबाट यसै गरी सहयोग, सद्भाव र माया पाउने छ भन्ने आशा रहेको अभिव्यक्ती दिनु भयो । यसको लागि मञ्जरी संगित पाठशालाको तर्फबाट आफुले आभार व्यक्त गर्नु भएको समेत वहाँले बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!