बाँपिझ्याला काठमाडौं, २२ भदौ २०८० । काठमाडौंको बालुवाटार स्थित नेपाल हाउसको सभाकक्षमा निबन्धकार राजेन्द्र कार्कीद्वारा लिखित नयाँ पुस्तक ‘खाइराइड’को समीक्षा एवं अन्तत्र्रिmया कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।
सहजकर्ता वरिष्ठ साहित्यकार नरनाथ लुइटेलको सभापतित्वमा भएको सो कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा. खगेन्द्र लुइटेल प्रमुख अतिथि रहेका थिए । विशिष्ट अतिथिहरूमा चट्याङ मास्टर, प्राज्ञ श्याम तमोट र प्रकाश सायमी रहेका थिए भने टिप्पणीकारहरू चन्द्र घिमिरे, केदार शर्मा, डा. रमेश शुभेच्छुक, चूडा निर्भिक विशेष अतिथिमा रहेका थिए ।
अतिथि दीर्घामा लक्ष्मण गाम्नाङ्गे, प्रल्हाद पोखरेल, वासुदेव अधिकारी, रामप्रसाद पन्त समेत गरेर अन्य थुप्रै लोकप्रिय साहित्यकारहरू थिए । त्यसैगरी पत्रकारहरूमा रमेश गिरी, मकर श्रेष्ठ, बालकृष्ण श्रेष्ठ ‘पासा’ थिए ।
नेपाली धर्ती भोजपुरमा जन्मेका राजेन्द्र कार्कीद्वारा लिखित हास्यव्यङ्रग्य निबन्धसङ्ग्रह कीर्ति ‘खाइराइड’मा हास्यरस कम र व्यङ्ग्य ज्यादा भएको कुरा टिप्पणीकारहरूले बताए । ३१ वटा विषय–क्रम संगालिएको सो पुस्तकमा ‘कुकुरको भाग्य, भाग्दाभाग्दै, जनावरलाई गाली किन ?, घाँडो बूढो, बिहे किम?, कामी, कहाँ छ स्वतन्त्रता ?, धारा तथा शौचालय महात्म्य, सोल्टिनी, चिनिनँ, त्यो नेपाली होइन, चुनाउ पुराण, लेखकको कन्दनी, लिङ्ग पुराण, खाइराइड, देश डुब्यो र बुहारी सासू, सरको डर, पद पैसा, बूढो गोरू कि बहर, जिन्दगीःखाना पाइखाना, लाहुरे, नेपालीले गर्छ, प्रधानमन्त्री कि वरदानमन्त्री, हाइ हाइ अमेरिका, नामको चाम, कुरा गरेर खानु, गुट फुट झुट, दलाल, दानी कि नादानी र मृत्यु विज्ञापन’ शीर्षकका प्रकारमय हास्यव्यङ्ग्यको रूपमा निबन्धसङ्ग्रहमा उतारेका छन् ।
फितकौली अनलाइन मिडिया कलङ्की काठमाडौले प्रकाशन गरेको सो पुस्तकमा लेखक राजेन्द्र कार्कीको जन्म भोजपुरको दावामा भएको र स्थायी बसोबास काठमाडौंको बानेश्वरमा रहेको भएपनि उनको जन्ममिति र शिक्षा र सेवाको बारेमा खुलस्त पारेको छैन, यसले गर्दा पाठकहरूलाई पहिलो गाँसमै ढुंगा चपाएको आभास मिलेको महशुस यो संवाददातालाई लागेको छ ।
विदेशी भूमि क्यानडामा तन रहेर भएपनि मनको कलमले नेपाली धरातलको खाली पानामा निबन्धका फोकाहरू भरेर एउटा स्रष्टाको संख्या थपिएको आभास मिलेको छ ।
यही पुस्तककै समीक्षात्मक अन्तत्र्रिmयालाई ओभानो बनाउदै विशिष्ट साहित्यकारहरू चट्याङ् मास्टर, प्रा.डा. खगेन्द्र लुइटेल, प्राज्ञ श्याम तमोट र प्रकाश सायमीले पुस्तककै अघिल्ला पानाहरूमा मसला सहितको वाक्य भरेर शब्द र भाषा शुद्धाशुद्धिका विश्लेषण गरिएकाले ती व्यक्तित्वहरूको सारगर्भित भनाइलाई यो समाचारमा उल्लेख गरिरहन आवश्यक ठानिएन ।