बाँपीझ्याला, काठमाण्डौं । बलिउड अभिनेता सन्नी देओलको फिल्म ‘गदर–२’ ले बक्स अफिसमा दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । यो फिल्मले १० दिनमा देशमा ३७५.१० करोडको व्यापार गरि ४०० करोडको आँकडातर्फ अघि बढेको छ ।
अगस्ट ११ मा रिलिज भएको गदर–२ ले रिलिजको दोस्रो साता (शुक्रवारदेखि आइतबारसम्म) मा ९०.४७ करोड भारु कमायो ।
यतिबेला गदर–२ ले धेरै सफल फिल्मको कीर्तिमानलाई पछाडि पार्यो । वर्षको सुरुमा रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’ले दोस्रो साताको अन्त्यमा ६३.५ करोड कमाएको थियो ।