Search

फिल्म ‘दान्भी’को क्लाइमेक्स दृश्य नैकापमा खिचिंदै छ

फिल्म ‘दान्भी’को क्लाइमेक्स दृश्य नैकापमा खिचिंदै छ

३१ साउन, बाँपीझ्याला, काठमाण्डौँ । अभिनेत्री पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘दान्भी’को क्लाइमेक्स दृश्यको छायांकन भइरहेको छ । यसका लागि काठमाडौं नैकापमा सेट बनाइएको छ ।

बुधबार अभिनेत्री पूजाको एक्सन दृश्य खिचिएको निर्देशक रुपेश तामाङले जानकारी दिए । द्वनद्व निर्देशन श्री श्रेष्ठले गरिरहेका छन् । हरि लामा घलेको छायांकन गरिरहेको फिल्मका सहनिर्देशक नवराज शर्मा हुन् । फिल्ममा रविना थापा मगरको कथा र सञ्जोग रानाको पटकथा तथा संवाद छ ।

फिल्ममा अर्जुन पोखरलेको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ । अनुप गदाल र देव मगरको लगानी रहेको फिल्ममा कमला लिम्बू र गोकुल सुवेदी सहनिर्माता छन् । फिल्म ‘दान्भी’को क्लाइमेक्समा १०० जना फाइटर प्रयोग गरिएको निर्देशक तामाङले बताए । दर्शकले साउथ र बलिउड फिल्ममा देख्दै आएका एक्सन यो फिल्ममा देख्न पाउने उनले दाबी गरे ।

फिल्म ‘दान्भी’को रिलिज मिति तय गरिएको छैन । तर यो फिल्म आम दर्शकका लागि प्रतीक्षित बनिसकेको छ । फिल्ममा पूजाको साथमा नायक कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् । फिल्मको क्लाइमेक्स र केही एक्सन दृश्य खिचिसकेपछि बाँकी छायांकनका लागि दार्जिलिङ जाने निर्माण टिमले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment