यर्थाथ परक तपाईसँग हाम्रो प्रयास
वागमती प्रदेशको उत्तर पूर्वी क्षेत्रमा रहेको दोलखा जिल्लामा अहिले अधिकांश विद्यालयहरू कुनै एक अर्कामा समाहित हुँदैछन् भने कुनै बन्द भैसकेका छन् । भीमेश्वर नगरपालिकाले प्रकाशित गरेको ‘भीमेश्वर डायरी’मा उल्लेख भएको सामुदायिक विद्यालयको संख्या ४४ र संस्थागत विद्यालयको संख्या ११ गरेर जम्मा ५५ वटा विद्यालय रहेको देखिन्छ ।
यो नगरपालिकामा जम्मा जनसंख्या २०७८को प्रारम्भिक नतिजा अनुसार ३५ हजार १ शय २२ रहेको देखिन्छ । ती जनसंख्याको आधारमा औसत हिसाबले प्रत्येक विद्यालयमा ८५० जनादेखि १ हजार ५० जना विद्यार्थी हुनुपर्ने हो त्यो देखिंदैन ।
बजार र बस्ती बाक्लै भएको ठाउँमा पनि प्रत्येक कक्षामा नियाल्दा बढीमा ३५–४० जना कम्तीमा ३–४ जना रहेको पाइन्छ । यस्तो किन भयो त ? हुनसक्छ जनसंख्याको केही हिस्सा सो नगरपालिका बाहिर रहेका होलान्, केहीले स्कूल तह पार गरेका होलान् । अन्य केही विविध कारणले पढ्न नपाएका र केहीले पढाउने वातावरण नमिलेर पनि होलान् । तथापि त्यति कम चाहिँ हुन नपर्ने हो कि भन्ने आंकलन गर्न सकिन्छ ।
पछिल्लो तथ्याङ्क अनुसार भीनपामा रहेका केही विद्यालयहरूमा विद्याथीै संख्याको तालिकाः
अव प्रसंग वडा नं.२ दोलखा तर्फ मोडौं :
विक्रम सम्वत २००८ सालमा स्थापना भएको यो विद्या मन्दिर । पहिले पाठशाला, गुरुकक्षाबाट शिक्षा शुरु भएको त्यो दोलखा शहरको पुरानो भीम पब्लिक हाईस्कूल । जो २०३२ साल पछि भीम माध्यमिक विद्यालय बनेको हो । त्यो भन्दा पहिलेको पुरानो शिक्षामा यो विद्यालयमा अंग्रेजी विषय नै तीन प्रकारको पुस्तक पढ्नु पथ्र्यो । नेपाली देवानगरीमा पनि संस्कृत अनिवार्य थियो, त्यसको अलावा राजनीति शास्त्र, अर्थ शास्त्र, बायलोजी, मुलुकी ऐन, पञ्चायत जस्ता जटील विषयको कठिन अध्ययन अध्यापन हुन्थ्यो । त्यतिबेला शिक्षकको अभावले बझाङ, गोरखा, रामेछाप काठमाडौं, त्रिविविबाट शिक्षकहरू ल्याउन बाध्य हुन्थ्यो र पनि विद्यालय राम्रैसँग चलेको थियो ।
चल्न त अहिले पनि चलेको छ तर चल्दाचल्दै पनि अनाहकमा गलत मार्गमा दौडाउन खोज्नेहरूका केहीे भीडले पुराना अस्तित्वमाथि तगारो हाल्न खोजेको जस्तो लाग्न थालेको छ । यस्तो नहोस् भन्ने सबैको चाहना छ तर त्यो परिवेशमा सम्बन्धित ठाउँमा गएर जायज कुरा राख्नको सट्टामा सडक, पेटी र चिया चौतारोमा बसेर ‘त्यस्तो भएन, उस्तो गर्न नहुने… उनीहरूको मात्रै हेकम हो र ?’ भन्ने जस्ता समय बिताउने र खिल्ली उडाउने कामले न कुनै काम बन्छ न त समयको सदुपयोग ! नगर, वडा या टोल बस्तीमा भैपरि आएका समस्या समाधान गर्न हरेक नागरिकको दायित्व हुन आउँछ । यस्तोमा राजनीतिक पूर्वाग्रह राखेर विपक्षी नजरले हेर्ने दृष्टिकोण राख्न भएन ।
भीम माध्यमिक विद्यालयमा शिक्षक भर्ना सम्बन्धी केही चर्चा परिचर्चा काठमाडौं उपत्यकामा पनि गाइँगुईँ सुन्न थालिएकोले हामीले वास्तविकता बुझ्न सञ्चार माध्यमको सहयोगबाट केही विद्यालयसँग सम्बन्धित व्यक्ति, सामाजिक अभियन्ता, शुभचिन्तक र स्थानीय जनप्रतिनिधिसँग पनि जानकारी लिने प्रयास गरेका थियौँ । तर भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर मानन्धरज्यूसँग हाम्रो सह–सम्पादक बालकृष्ण श्रेष्ठले मोबाइल नम्बर र मेसेन्जरबाट सम्पर्क गर्न खोज्दा कुनै जवाफ सम्पर्क हुन सकेन सायद वहाँ विकास निर्माण र अन्य कार्य व्यस्ताले हो की भन्ने हाम्रो ठम्याई छ ।
त्यसपछि सामाजिक सञ्जालमा सोही स्कूलमा शिक्षक राख्ने प्रसङ्गलाई लिएर भीनपा– २ तिखातल निवासी राजु श्रेष्ठ (प्रधान)ले जो टाइगर टीम तिखतल सँग सम्बद्ध पनि रहेको छ । उनीसँग हामीले उनकै फेसबुक वाल (सामजिक सञ्जाल)मा राखिएको
कुराबारे जानकारी लिन खोज्दा उनले आफ्नो तर्क यसरी व्यक्त गरे,–
“हो, मलाई चित्त बुझेन राखेँ, अब फेसबुकमा मात्र होइन, राष्ट्रिय पत्रपत्रिकामा पनि राख्ने सोच गर्दैछु, किन भन्दा खेरी जो व्यक्ति सक्षम छ, नामै तोकेर भन्नुपर्दा प्रकाश फुयाँल नामको एकजना भाइ छ जो एम.एं डिग्री हासिल गरेको हरेक विषय पढाउन दख्खल छ, अझ समय मिलाएर ट्ुसन, कोचिङ् क्लास पढाउन परे पनि म समय मिलाउँछु । पढाइको सन्दर्भमा यदि अन्य कोहीसँग प्रतिस्पर्धा गरेर म असफल भएँ भने पछि हट्नेछु भनेर भन्दाभन्दै पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानु कुँवर योगीले चरिकोट स्कूलमा पढाउँदै गरेको त्यो पनि बाह्र कक्षामात्र उतिर्ण गरेको शिक्षकलाई विज्ञान विषयगतको हिसाबले ल्याउन लागेको कुरा आएको र भीम मा.वि.मा काँग्रेसको बाहेक अरु कसैलाई हुल्न दिन्न भन्ने कुरा आएपछि सो स्कूलमा ठूलै राजनीतिक चलखेल हुनेरहेछ, जब कि प्राथमिक तहमा विषयगत शिक्षक नै नियुक्ति गर्ने भनेर शिक्षा नियमावली नै छैन रहेछ भन्ने थाहा पाएर मैले फेसबुकमा पोष्ट गरेको हुँ ।” यसरी राजुले आफ्नो अडान सहितको कुरा सारेपछि हामीले यही सन्दर्भलाई फेरि एकपल्ट सम्प्रेषण गर्न खोज्यौँ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानु कुँवर योगीसँग हामीले सम्पर्क गरेर विद्यालयको हितमा काम गर्ने तरिका र व्यवस्थापनमा केही खटपट र शिक्षक दरबन्दी पूरा गर्ने सिलसिलामा बाहिर यस्तो राजनीतिको हल्ला आफ्नै पार्टीको मान्छे ल्याउनलाई पहल गरिरहेको आरोप लाग्नुको कारण र अर्थ के हो त भन्ने प्रश्न राख्दा अध्यक्ष कुँवरले यस्तो जवाफ दिए,–
“मैले के राजनीति गर्नु र, मैले पनि नभनुँ, हामी व्यवस्थापन समितिको छलफलबाट नै विषयगत शिक्षकको आवश्यक्ता छ, प्रष्ट भन्नुपर्दा खेरि संस्थागत स्कूलमा हरेक विषयको शिक्षकले छुट्टाछुट्टै कक्षा लिने गरेको हुन्छ त्यसैले पनि अभिभावक र विद्यार्थीहरूले सामुदायिक विद्यालयमा पढाइ गतिशील र क्षमतायुक्त छैन भनेर सोच बिचार नै नगरी संस्थागत (बोर्डिङ् स्कूल) तिर मन डोर्याउँछन् र आफ्ना छोराछोरीलाई उतै लान्छन् । एउटै शिक्षकले दुई तीनवटा विषय पढाउँदा त्यसलाई सन्तुलनमा ल्याउन निकै गाह्रो छ, कमसेकम विषयगत भयो भने त अरु विषयको बोझ बोक्न परेन नि, खै कुरा बुझेको ? त्यत्तिकै हावामा व्यवस्थापन समितिका अध्यक्षले राजनीति गरे रे भनेर हुन्छ ? यहाँ यस्तै यस्तै पारा हुँदो रहेछ र त स्थानीय अभिभावकहरूले बच्चाहरूलाई अन्यत्र पठाउँदा रहेछन् त !” अलिक आक्रोशित पारामा भने । हामीले अर्को प्रसङ्ग कोट्याउँदै छात्रवासमा टाढा टाढाका विद्यार्थीहरू राख्नुपर्ने ठाउँमा केही स्थानीयलाई भाडामा लगाएको छ रे त्यो पनि वर्षौँ हुदा पनि भाडा उठाउन सकेको
छैन रे भन्ने सुनिन्छ, के यो सत्य हो र अध्यक्षज्यू ? भनेर सोद्धा उनी भन्छन्,–
“यो पनि गलत कुरा हो, एक त पहिले पहिले त्यत्ति तपाईँ हाम्रा पालामा जस्तो टाढाका विद्यार्थीहरू पढ्न पनि आउँदैनन्, पाइलो पाइलोमा विद्यालय खुलेका छन् । त्यो पनि त विद्यार्थी संख्या नपुगेर धेरैजसो ठाउँमा मर्च भइरहेको छ । कतिपय त स्कूल नै बन्द भैसक्यो । यस्तो अवस्थामा घर कोठा भाडामा दिँदा स्कूललाई नै आम्दानी हुने हो । पहिले पहिले नउठाइएका भाडाहरू हामीले चारलाख रुपैयाँ भन्दा बढी उठाइसकेका छौँ, सम्बन्धित व्यक्ति र स्थानमा आएर बुझ्दा भै हाल्छ त बाहिर अफवाह पैmलाएर किन वैमनस्यता सृजना गर्ने ? जहाँसम्म स्कूलमा शिक्षक दरबन्दी राख्ने कुरामा चाहिँ विषयगत शिक्षक नै राख्ने हाम्रो सोच हो, यसमा कसैले अन्यथा नसोच्दा उत्तम होला ।” यसरी व्यक्त गरे ।
त्यसपछि हामीले सोही स्कूलका पूर्व शिक्षक एवं सो स्कूल व्यवस्थापन समितिका पूर्व अध्यक्ष नारायणकृष्ण श्रेष्ठसँग सम्पर्क गरी सो विद्यालयको वर्तमान गतिविधि किन खस्किदो भएको, विद्यार्थी संख्यामा वृद्धि हुन नसक्नुका कारण र आवश्यक शिक्षक
दरबन्दी राख्ने सम्बन्धमा भैरहेको खटपटबारेमा बुझ्न खोज्दा नारायणकृष्ण श्रेष्ठ यसो भन्छन्,–
“यहाँ यस्ता कुरा सामान्य भै सकेको छ, स्थानीय दोलखावासीले आफ्नै आँगनको स्कूलमा आफ्ना बालबालिका पढाउन नचाहने अनि दोलखा स्कूल खत्तम, बिग्य्रो, बिगार्यो, यानत्यान भनेर चिया पसल, चौतारीमा कुरा गरेर दोलखा सप्रिन्छ ? मैले भीम मा.वि.मा प्राविधिक कक्ष, प्रयोगशाला, सभाकक्ष सबैलाई उपयुक्त हुनेगरी भवन बनाउने प्रस्ताव सहितको योजना बनाउँदा लायन्सक्लवले बनाउने कुरा गरे र राम्रै भयो भनेर पछि सरें, तर भवन बनाइसकेपछि त्यसको सही सदुपयोग पनि गर्न जान्नुपर्यो नि, खै त ?” उल्टै प्रतिप्रश्न गर्दै फेरि थपे,
“दोलखा स्कूलमा हाल प्रधानाध्यापक शेषराज आचार्य छन्, स्कूलको सम्पूर्ण व्यवस्थापन शिक्षक शेरबहादुर थापा (एस.बि.थापा)ले गरिरहेका छन् ।
प्रधानाध्यापक भएपछि विद्यालयको गतिविधि, प्रविधि र नीति नियमलाई समायोजन गर्न सक्नुपर्छ, एउटा शिक्षक थियो सुन्दर खड्का जो प्रधानाध्यापक पनि हो जसले तलब चाहिँ भीम मा.वि.बाट लिने काम चाहिँ भीमेश्वर नगरपालिकामा गर्नै यो कस्तो व्यवस्थापन हो ? शिक्षकको पदले नगरपालिकामा कुन खालको डिउटी गरिएको हो ? के यो स्वभाविक हो ?” भन्दै पूर्व अध्यक्ष नारायणकृष्ण श्रेष्ठले “भीम मा.वि.दोलखामा ११ र १२ कक्षाको पढाई हुन्छ भन्ने जान्दा जान्दै त्यहीँ पढेर एसईंईं पास गर्ने विद्यार्थीहरूले दोलखा प्रति नै बेवास्ता गर्नु र अभिभावकले छोराछोरीलाई सही निर्देशन र सल्लाह दिन नसक्नु पनि सो विद्यालयमा विद्यार्थी नहुनु हो ।” भनेर हामीलाई सुनाए ।
यही प्रसङ्गमा हामीले सोही विद्यालयको बारेमा विद्यालय नजिकै स्थायी निवास रहेको सामाजिक अभियन्ता शान्तकृष्ण श्रेष्ठलाई विद्यालयमा भैरहेको गतिविधि र शिक्षक राख्ने विषयबारे सोधेका थियौँ, उनको जवाफ यस्तो रहेको छ,– “मलाई यसबारेमा केही जानकारी छैन, स्कूल नजिकै बसोबास गरिएको छ भन्दैमा सबैकुरा थाहा हुन्छ नै भन्ने पनि त हुँदैन नि, अर्को कुरा भीम मा.वि.को व्यवस्थापन पक्ष होस् विद्यालयका प्रशासन पक्षका होस् यस विद्यालयका लागि कसले कति योगदान दिएको छ भन्ने समेत मूल्यांकन गर्न हिच्कििचाउनेले विद्यालयको गतिविधि कसरी सुचारु गरिरहेका छन् भन्नेमा सोच्नुपर्ने अवस्था आएको छ ।
“यो विद्यालयको भवन २०७२ सालको भूकम्प पछि धराशायी भएर भग्नावशेष हुने वेलामा स्थानीय वासिन्दा र व्यवस्थापन पक्षले पुर्निर्नर्माण गर्न सम्भव नहुँदा कैयन् ठाउँमा भनसुन् गरेर अन्तमा लायन्स क्लवसँग समन्वय गरेर दुई दुईवटा नयाँ भवन निर्माण गरेर विद्यालय सञ्चालनमा सहज पुर्याइयो तर खै ? ‘खोला तर्यो लौरो बिस्र्यो’ भने भैंm न व्यवस्थापन पक्षले केही सकारात्मक प्रतिक्रिया दिए न त विद्यालय प्रशासनले नै । कमसेकम केही राय, सल्लाहको आदानप्रदान त हुनुपर्छ नि, केही वास्ता छैन, त्यसैले अहिलेको लागि मसँग यसको बारेमा कुनै प्रश्न नउठाउँदा (बेटर) उत्तम होला ।” भनेर अरु भन्न चाहेनन् र यस कुरामा अन्नविज्ञ जस्तो बन्नु भयो ।
यसै सन्दर्भमा विद्यालयका प्रधान अध्यापक शेषराज आचार्य के भन्छन् त ?
“ हो हामीलाई भन्दा नि हाम्रो विद्यालयलाई एकजना शिक्षक चाहिएको हो । यो नयाँ दरबन्दी भने होइन, हाम्रो विद्यालयकी एक शिक्षिका कमला बस्नेतको अवधि सकेको हुनाले तिनको स्थानमा परिपूर्ति गर्नलाई यो प्रसङ्ग उठेको हो । अब दरबन्दी पूर्ण गर्नै परेपछि किन विषयगत शिक्षकको खोजी नगर्ने त भन्ने भएर हामीले व्यवस्थापन समितिको बैठकमै यो कुरा पारित गरिएको हो । त्यही सन्दर्भमा हामीलाई तत्कालै आवश्यक रहेको विज्ञान र गणित विषय मध्ये विज्ञान शिक्षक नै ल्याउने कुरा चलेकोमा केही स्थानीय साथीहरूले सर्वज्ञान सम्पन्न भएको शिक्षक ल्याउने प्रस्ताव राखेका हुन् । त्यसलाई हामीले गलत मानेका छैनौं तर पनि निश्चित विषय नै भयो भने अन्य विषयको बोझ खप्नु पर्दैन र अध्यापनमा सहज हुन्छ ।”
“केही साथीले सामाजिक सञ्जाल मार्पmत विद्यालयमा राजनीति भयो, जानाजानी ११, १२ का विद्यार्थीलाई भर्ना गरिने प्रक्रियामा हेलचेक्य्राइँ गरे, अन्त स्कूल पठाए भन्ने कुरा निराधार हो । एसईई. पास गरेका विद्यार्थीहरूले पढ्न चाहेका विषय यो विद्यालयमा नभएकोले हामी गौरीशंकर कलेज चरिकोट या अन्यत्र जान्छौँ भनेर सर्टिफिकेट मागेपछि जबर्जस्ती रोक्न त मिलेन नि, तर केही विद्यार्थीले यहाँबाट जाने बेलामा विषय नभएको भनेर गए तापनि त्यहाँ पुगेर यहाँ भएकै विषयमा भर्ना भएको पाइयो यस्तो व्यवहार किन देखाए त्यो थाहा थिएन ।”
“अब यहाँ ११ र १२ कक्षा पढ्दा अघिपछि जस्तै १० देखि ४ बजेसम्म अनिवार्य बस्न पर्ने, यताउता घुमघाम गर्न र खेल्न जानलाई फाल्टो समय नपाउने भएकोले पनि विद्यार्थीहरू कलेजमै जान चाहेको पनि बुझ्नमा आयो । यसर्थमा यो शिक्षक दरबन्दी परिपूर्ति गर्ने विद्यार्थी संख्यामा कटौतिको बारेमा जुन हल्ला बाहिर आएको छ, त्यो नितान्त अनावश्यक कुरा हो । हामीले यस विद्यालयमा गलत र अनैतिक गरेजस्तो लाग्दैन, हेर्ने र बुझ्नेले कसरी आंकलन गरे त्यसमा हामी अनभिज्ञ छौं ।” यसरी आफ्ना भनाइ प्रअले राखे ।
भीनपा वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ यसो भन्छन् ।
“हो, एकजनाको खाली ठाउँमा एकजना राम्रो पढाउन सक्ने हरेक विषयमा दख्खल भएको भाइलाई राखौँ न त भनेर कुरा उठाएको हो, पहिले त व्यवस्थापन समितिका अध्यक्षले हुन्छ भनेका थिए, पछि खै कसको कुरा सुने कि या के हो हाम्रै मान्छे राख्ने भन्ने कुरा सुन्नमा आएपछि मैले त्यति गहिरिएर चासो दिइन । जसरी होस् विद्यार्थीले उचित र सबल शिक्षा हासिल गरोस् मेरो भनाइ यत्ति हो ।”
अब हामीले के ठानौँ त ? भीम मा.वि. यसको हो कि, उसको हो कि, कसको हो ?? त्यो स्कूल उसताका समाजसेवी इन्द्रमणि राजभण्डारी, प्रधानपञ्चहरू खड्गबहादुर श्रेष्ठ, भरत बहादुर श्रेष्ठ अनि त्यताकाका समाजप्रेमीहरू भैरवबहादुर श्रेष्ठ, हस्तबहादुर श्रेष्ठ, वीरबहादुर कसजु, धनमाला, टेकबहादुर श्रेष्ठ, मानकृष्ण सिं खरदार, चन्द्रकृष्ण जोशी, कलकबहादुर सुब्बा पूर्णनारायण प्रधान जस्ता पुर्खाहरूले प्राचिन शहर दोलखा मातृभूमिमा सारा दोलखा जिल्लावासीका सन्तानहरू शिक्षा र विद्यामा निपूण होउन् भनेर एक एक मुठी चामल जुराएर स्थापना गरेको विद्यालयलाई अहिले आएर राजनितीकरण गरेर आ–आफ्नो कार्यकर्ता भर्ती गर्न खोज्नु अलिकति लाजमर्दो विषय भएन र ?
यस बारेमा हामीले दोलखाका अब्बल राजनितीकर्मी, समाजसेवीका भिल्ला भिड्नेहरुले पनी विद्यालयमा वास्तविक के कस्तो भएको छ भनेर अलिकति चासो राख्ने हो की ? भन्ने चाहना हामीले राखेका छौं ।
यसै गरी यसै गरी यो मन्दिरमा हामी कसैले राजनितीको गन्ध पनी दिन नआउने वातावरण बनाएको खण्डमा भोलीका कर्णधारहरुको भविष्य राम्रो हुने थियो होला भन्ने हाम्रो निष्कर्श रहेको छ । यही कुरामा सबैको मत मिलोस् यही शुभकामना सहीत दोलखा भीमेश्वरसँग प्रार्थना गर्दै आजको बाँपीझ्याल डटकमको विशेष आलेख यही अन्त गर्ने अनुमती चाहन्छौं ।
जय दोलखा, जय भीमेश्वर ।