Search

समाजवादी मोर्चाको बैठक जारी, आगामी कार्यक्रमबारे छलफल

समाजवादी मोर्चाको बैठक जारी, आगामी कार्यक्रमबारे छलफल

बाँपीझ्याला, काठमाण्डौं । समाजवादी मोर्चाको बैठक जारी छ । मोर्चा घोषणा गरिएपछि शनिबार पहिलो बैठक बसेको हो । बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।

बैठकमा मोर्चाको आगामी कार्ययोजनाबारे छलफल हुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले आजको यो बैठक पहिलो भएको बताउँदै भने, ‘आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल हनेछ ।’
उनका अनुसार बैठकमा मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र विक्रम चन्द विप्लव लगायतका नेताहरू सहभागी छन् ।

मार्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्मिलित छन् । मोर्चा यही असार ४ गते घोषणा भएको थियो ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!