Search

२५ मेगावाट सिंगटी हाइड्रो इनर्जी लिमिटेडले एक करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्दै

२५ मेगावाट सिंगटी हाइड्रो इनर्जी लिमिटेडले एक करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्दै

बाँपीझ्याला, दोलखा । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १ बराबर १ हकप्रद सेयर निष्कासन गर्ने भएको छ । दोलखामा २५ मेगावाटको सिंगटी जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सय रुपैयाँ दरका एक करोड ४५ लाख कित्ता सेयर निष्कासन गर्ने भएको हो । यही असार २२ गते अर्थात हिजो निष्कासन सम्बन्धी सम्झौतापत्रमा सिंगटीका प्रबन्ध सञ्चालक सुदिप खड्का र कुमारी क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

कम्पनीले सेयर निष्कासन गर्न कुमारी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको थियो । कम्पनीका अनुसार हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम विभिन्न ३५ मेगावाटभन्दा बढी क्षमताका आयोजनामा लगानी गर्ने योजना छ । सिंगटीको अधिकृत पुँजी २ अर्ब ९० करोड रुपैयाँ, जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेकोमा हकप्रद सेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ हुने छ ।

कम्पनीले निर्माण गरेको सिगंटी खोलाबाट २०७८ सालको साउन १७ गतेबाट व्यापारिक रुपमा विद्युत उत्पादन हुँदै आएको छ । हाल आयोजनाले कूल क्षमताको ९७ प्रतिशत विद्युत उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!