Search

विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक जना शिक्षक पक्राउ

विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक जना शिक्षक पक्राउ

२२ असार, बाँपीझ्याला, काठमाण्डौँ । चन्द्रागिरि नगरपालिकामा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्।बिहीबार चन्द्रागिरि नगरपालिका-१ दहचोकको श्री कृष्ण माध्यमिक विद्यालयका शिक्षक एकराज पण्डितलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपीका सीताराम रिजालले पुष्टि गरेका छन्।पण्डितले कक्षा ८ मा पढ्ने छात्रा अस्मिता परियारमाथि कुटपिट गरेको आरोप छ।विद्यालयका प्रध्यानाध्यापक बलराम कार्कीका अनुसार शिक्षक पण्डितले दिउँसो ३ बजे कक्षामा छात्राको कानमा हिर्काएका थिए।

त्यसरी हिर्काएपछि अस्मिता बेहोस भएकी थिइन्। बेहोस भएकी अस्मिताको ओम समाज अस्पतालमा उपचार जारी छ। अहिले उनको होस खुलिसकेको छ।यसरी कुटपिट गरेपछि विद्यालयले छात्राकी परिवारलाई बोलाएर प्रहरीलाई खबर गरेको थियो।

एकराजले यसअघि पनि तीन जनामाथि कुटपिट गरेको आरोप लागेको थियो। त्यतिबेलामा पनि प्रहरीको रोहबरमा छलफल गरेपछि उनी छुटेका थिए।

मल्टिमिडिया ग्यालरी

Yadala Punish

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!