Search

आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

२२ असार, बाँपीझ्याला, काठमाण्डौँ । साताको अन्तिम कारोबार दिन आज छापावाला सुनको भाउ घटेको छ । लगातार ३ दिन वृद्धि भएको छापावाला सुनको भाउमा आज भने गिरावट आएको हो ।

आज सुनको भाउ १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार छापावाला सुनको भाउ १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैबिच आज तेजावी सुनको भाउ १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुनको भाउ १ लाख १० हजार १५० रुपैयाँ निर्धारण गरिएको थियो ।

यता हिजोको तुलनामा आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार १९११ दशमलव ९६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ७१ डलरमा कारोबार भइरहेको छ ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!