Search

नेवाः देय् दवुको नेवाः छेँ बनाउने अमियानमा सहभागी बनौं : पवित्र बज्रचार्य, केन्द्रिय अध्यक्ष नेवाः देय् दवु

नेवाः देय् दवुको नेवाः छेँ बनाउने अमियानमा सहभागी बनौं : पवित्र बज्रचार्य, केन्द्रिय अध्यक्ष नेवाः देय् दवु

बाँपीझ्याला, काठमाण्डौं । नेवार जातिको राष्ट्रिय छाता संगठन नेवाः देय् दवु को केन्द्रिय कार्यालयको भवन बनाउन जग्गा खरीद गर्ने कार्यमा तिव्रता आएको छ । यस कार्यमा नेवाः देय् दवुका नेपाल राज्यभरीका वडा समितिदेखि गाउँपालीका, नगरपालीका, महानगरपालीका, जिल्ला, प्रदेश र केन्द्र समितिसम्मका आ–आफ्नो संगठनका संरचनामा आवद्ध नेवार सदस्य, जातिय खलः पुच, भातृ संगठन र शुभचिन्तक महानुभावहरुलाई एकताबद्ध भएर सहभागी भई सहयोग गर्न नेवाः देय दवुका केन्द्रिय अध्यक्ष पवित्र बज्रचार्यज्यूले हार्दिक आग्रह सहित अनुरोध गर्नु भएको छ ।

नेवाः देय् दवुको जग्गा खरीद गरी भवन बनाउने सन्र्दभमा दवुको नेपाल सम्वत् ११४२ मा धरानमा सम्पन्न सातौं महाधिवेशन पश्चात काठमाण्डौं छैमलेमा बसेको केन्द्रीय समितीको पहिलो बैठकले अध्यक्ष पवित्र बज्रचार्यको अध्यक्षतामा एक निर्माण कमिटी गठन गरेको थियो ।

सो कमिटी गठन पश्चात उक्त समितीले काठमाण्डौं महानगरपालीका चःमती जग्गा एकिकरण आयोजना अन्तर्गत चःमती आवास क्षेत्रको एन ब्लकको सर्भिस प्लट नं. क्दल्ज्ञ “द” क्षेत्रफल १३२ बर्गमिटर करिव ४ आना जग्गा चःमती जग्गा आयोजनासँग खरिद गर्ने प्रक्रिया थालिएको हो ।

नेवाः देय् दवुको केन्द्रिय समितीको निर्णय अनुसार उक्त चःमती आयोजनाको जग्गा रु. १ करोड ७६ लाख ५४ हजार १ शय ८ रुपैया जम्मा गरी जग्गाको स्वामित्व हस्तान्तरण गरी लिन नेवाः देय् दवुलाई गत २०७९ मंसिर २७ गते आयोजनाले पत्रचार गरी सकेकोले उक्त जग्गा लिनको लागि पर्याप्त मात्रमा कोष नभएको र संस्थाको कोषबाट आयोजनाका नाममा रु. १८ लाख जम्मा गरिसकेको अध्यक्ष बज्रचार्यले बताउनु भयो ।

यसै गरी भवन निर्माणको लागि ३ करोड ५० लाख लाग्ने अनुमान गरिएको समेत वहाँले बताउनु भयो । यसरी खरीद गर्न लागिएको जग्गा र निर्माण गर्न लागिएको भवनको लागि नपुग पैसा काठमाण्डौं महानगरपालीका र दवुमा आवद्ध वडादेखि केन्द्रसम्मका सदस्यहरु र शुभचिन्तक दाताहरुबाट सहयोगको लागि अनुरोध भईरहको र हालसम्म करिव ४५ लाख रुपैया दाताहरुबाट सहयोग प्राप्त भएकोमा खुसी व्यक्त गर्दै सहयोगी सम्पूर्णमा आभार व्यक्त गर्नु भएको छ । यसै गरी नपुग रकम सहयोगको लागि नेवाः देय् दवुमा आवद्ध पदाधिकारी, सदस्य र सल्लाहकारज्यू तथा शुभचिन्तक दाताज्यूहरुमा हार्दिक आग्रह सहित आभार व्यक्त गर्नु भएको छ ।

जग्गा खरीदको लागि मात्र रु. १ करोड ८६ लाख रुपैया लागत आवश्यक भएको र उक्त रकमको चार खण्डको एक खण्ड जस्तो मात्र उठेकोले अहिले यो सहयोग अभियानलाई तिव्र पारिएको छ भनी अध्यक्ष बज्रचार्यले बताउनु भयो । साथै चःमती आयोजनासँग भएको सम्झौता अनुसार दवुले यही अषाढ १५ गते भित्र पैसा जम्मा गरी जग्गा लिनु पर्ने समेत वहाँले बताउनु भयो ।

यसै गरी स्वःनिग प्रदेशका अध्यक्ष नेवाः अभियान्ता श्रीकृष्ण महर्जनले यस कार्यमा सहयोग पू¥याउने उद्देश्यले यही आउँदो शनिवार नेवाः देय् दवु स्वःनिग प्रदेशको आयोजनामा विशेष भेला बोलाएको जानकारी समते दिनु भयो । भेलामा उपस्थित भएर आ–आफ्नो स्वईच्छाले सहयोग गर्न समेत वहाँले आग्रह सहित अनुरोध गर्नु भएको छ ।

नेवाः देय् दवुमा आवद्ध सम्पूर्ण वडा समितिदेखि केन्द्र समितिसम्म आवद्ध पदाधिकारी, सदस्यहरु तथा सल्लाहकार तथा शुभचिन्तकज्यूहरुलाई यस कार्यमा सहभागी भएर साथ, सहयोग र जग्गा खरीद गरी भवन निर्माण कार्यमा सहभागी हुन आन्तरीक सकुर्लर गरी सकेको र यदी कहि कतै यो सकुर्लर नपुगेको भए पनी यसैलाई सूचना मानी आ–आफ्नो क्षेत्रबाट भवन निर्माण कार्यमा सहभागी भई सहयोग गर्न पनी सार्वजनिक रुपमा अपिल गर्नु भएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment