Search

स्व. मदन भण्डारी र जीवराज आश्रितको २८ औं स्मृति दिवस

स्व. मदन भण्डारी र जीवराज आश्रितको २८ औं स्मृति दिवस

३ जेठ, बाँपीझ्याला, काठमाण्डौं ।आज नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३०औं स्मृति दिवस । जनताको बहुदलीय जनवादका प्रबद्र्धक भण्डारी र नेता आश्रितलाई आफ्नो आदर्श नेता मान्ने नेकपा एमाले र उसका नेता कार्यकर्ता र शुभचिन्तकहरुले स्मरण गर्दैछन् ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते दासढुङ्गामा जीप दुर्घटनामा मृत्यु भएको थियो । मदन पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र मदनका समकालीन नेताहरु अहिले सत्ताको बागडोर सम्हाल्न पुगेका छन् ।

आश्चर्य त के छ भने ३० वर्षअघिको रहस्य जीप दुर्घटनाको तथ्य अहिलेसम्म खुलासा हुन सकेको छैन । तिनै मदनको विचार र सिद्धान्तका कारण नेकपा एमाले पटक पटक ठुलो पार्टी र सरकार बनाउन समेत सफल भएको छ ।

त्यति मात्रै होइन मदनलाई मार्गदर्शक मानेर २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भइ नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको थियो । आन्तरिक किचलो र सर्वोच्चको आदेशले नेकपा विघटन भएर पुन एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्केका छन् ।

३०औं स्मृति दिवसको पुन्यतिथीमा हार्दिक श्रद्धासुमन ।।।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment