Search

नइ प्रकाशनले तीन दोलखालीलाई ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित

नइ प्रकाशनले तीन दोलखालीलाई ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित

३१ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । नइ प्रकाशनले काठमाडौँमा कलाकार, साहित्यकार र समाजसेवी र प्रतिभावान र समाजप्रति अविच्छिन्न योगदान दिनुहुने देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले विभूषित गरेको छ ।

जसमा दोलखाका तीन हस्तीहरू वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, दिग्गज साहित्यकार अमरकुमार प्रधान र समाजसेवी नेप्लीज फेसन होमका अध्यक्ष हेमा मानन्धर पर्नु भएको छ ।

समारोहमा नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई, प्रा.मुकुन्दशरण उपाध्याय, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, गौरवी नारी भद्रकुमारी घले र महाप्राज्ञ वैरागी काइँलाबाट स्रष्टाहरूलाई ‘नइ कीर्ति रत्न’ समर्पण गरिएको थियो ।

सोही अवसरमा सम्पूर्ण स्रष्टा र नइ प्रकाशन, त्रिमूर्ति निकेतन र वानीरा फाउन्डेसनका सदस्यहरुबाट संयुक्त रूपमा भगवती बस्नेतद्वारा सम्पादित ‘नइ कीर्ति लय’ र ‘नइ प्रकाशन कीर्ति र आकृति’ नामक दुईवटा ग्रन्थको लोकार्पण गरिएको थियो ।

नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्याइएको विशिष्ट योगदानको कदर गर्दै नइ प्रकाशनबाट नेपाली भाषासाहित्यका २०१ जना स्रष्टाहरूलाई ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गरिएको हो ।

नइ प्रकाशनबाट निम्न लिखित २०१ जना स्रष्टालाई ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गर्ने निर्णय गरेको थियो ।

यस अलङकारद्वारा विभूषित दोलखाली तीनजना कलाकार, साहित्यकार र समाजसेवीलाई हार्दिक बधाई सहित उत्तरोत्तर प्रगतिको कामना ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!