३१ बैशाख, बाँपीझ्याला, दोलखा । अखिल नेपाल महिला संघ क्रान्तिकारी दोलखाको नयाँ नेतृत्व चयन भएको छ । सदरमुकाम चरिकोटमा हिजो बसेको अखिल नेपाल महिला संघ क्रान्तिकारी दोलखाको पहिलो विस्तारित बैठकबाट अप्सरा चौंलागाईको अध्यक्षतामा ३९ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो ।
संघको अध्यक्षमा चौंलागाई, सह–संयोजकमा उषा तमाङ र सचिवमा रानु श्रेष्ठ चयन भएका छन् । वर्तमान अध्यक्ष कमला कार्कीको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । महिलाका मुद्धालाई शसक्त ढंगबाट अघि बढाउन अखिल नेपाल महिला संघ क्रान्तिकारीको नेतृत्व चयन गरिएको हो ।
बैठकमा नेकपा माओवादी केन्द्र दोलखाका इन्चार्ज एवम् बागमती प्रदेशका पुर्व वन तथा वातावरणमन्त्री विशाल खड्का, नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कुलबहादुर बुढाथोकी, सचिव कमल श्रेष्ठ, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय सदस्य रिता रिमाल लगायतका महिला नेतृहरुको बलियो उपस्थिति थियो ।