३० बैशाख, बाँपीझ्याला, काठमाण्डौं । प्राचिन शहर दोलखाबाट २०४६ सालमा स्कुल जिवन पार गर्दै उच्च शिक्षाका लागि उपत्यका लगायत अन्य आएर बसेका युवा युवतीहरुको समन्वय सहजता र सहयोगको लागि आजभन्दा ६ बर्ष अगाडी गठन गरी संचालनमा आएको साथीको साथीको लागि साथीको आज छैठौं साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ ।
उक्त साधारण सभा तथा दोश्रो अधिवेशनबाट समाजसेवी एवं व्यवसायी रविन्द्रनारायण श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ समिती सर्व सम्मतीले चयन गरिएको छ । काठमाण्डौंको बत्तिसपुतली स्थित वाईफजोन क्याफेमा आज सम्पन्न उक्त अधिवेशनबाट नव निर्वाचित कार्यसमिती चयन गरिएको हो ।
यसै गरी उपाध्यक्षमा लुना श्रेष्ठ पुरान्छे, सचिवमा बसन्त श्रेष्ठ गुर्कोट, कोषाध्यक्षमा पर्वत श्रेष्ठ पुरान्छे, सदस्यहरुमा ललिता श्रेष्ठ पुरान्छे, धर्मनारायण श्रेष्ठ डोक्छे, अनिता श्रेष्ठ कोत विहार्छे रहेका छन् ।
४८ बर्षदेखि ५० बर्षसम्मको समकालिन साथीहरु आवद्ध रहेको यस संस्थामा विशेषतः जन्मस्थान दोलखाको लागि केही गरौ भन्ने उद्देश्यले संस्थाको स्थापना भएकोले सोही अनुसार कार्य गरिने नव निर्वाचित अध्यष समाजसेवी एवं व्यवसायी रविन्द्रनारायण श्रेष्ठले बताउनु भयो ।
यसै गरी आगामी दिनहरुमा प्राचिन शहरको दोलखा र यस संग सम्वन्धीत कार्यहरुलाई पहिलो प्राथमिकता दिएर संस्था अगाडी बढ्ने संस्थाका अध्यक्ष श्रेष्ठले बताउनु भयो । यस कुसल कार्य गर्नको लागि सर्वसम्मतीले चयन हुनु भएका नव निर्वाचित अध्यक्ष रविन्द्रनारायण श्रेष्ठ लगायत वहाँको टिमलाई हार्दिक आभार व्यक्त गर्दै सफल कार्यकालको लागि अग्रिम शुभकामना व्यक्त गर्दछौं ।