Search

दोलखा जिल्लाकै पुरानो दोश्रो स्कुल भीमावि दोलखाको ७२ औं बार्षिक दिवश सम्पन्न

दोलखा जिल्लाकै पुरानो दोश्रो स्कुल भीमावि दोलखाको ७२ औं बार्षिक दिवश सम्पन्न

२९ बैशाख, बाँपीझ्याला, दोलखा । भीम माध्यमिक विद्यालय दोलखाले आफ्नो स्कुलको ७२ औं बार्षिक दिवस सम्पन्न गरेको छ । दोलखा जिल्लामा तत्कालिन भीम पब्लीक हाईस्कुलको नामबाट वि.सं. २००८ सालमा स्थापना भएको उक्त स्कुलमा हाल आएर प्लस २ सम्म कलास संचालनमा ल्याएको छ ।

व्यवस्थापन समितीका अध्यक्ष ज्ञानु कुँवरको अध्यक्षतामा सम्पन्न उक्त बार्षिक दिवसमा भीमेश्वर नगरपालीकाका उप–प्रमुख कमला बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । यसै गरी विशेष अतिथीमा भीमेश्वर नगरपालीका वडा नंं २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, अतिथीहरुमा नसस मुना श्रेष्ठ, स्कूलका पूर्व प्रधानध्यापक चोकबहादुर दहाल, ईस्वरी दहाल, क्षयरोग दोलखा शाखाका अध्यक्ष हर्कबहादुर श्रेष्ठ, समाजसेवी कल्याणी श्रेष्ठ, पशुपति चौलागाई अस्पतालका अध्यक्ष भरत प्रधानको उपस्थिती रहेको थियो ।

यसै गरी विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष बुद्धि बहादुर आचाजु, राजकुलेश्वर आधारभुत विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष अजय प्रधान, प्रधानध्यापक प्रकाश दहाल, फुलपा प्रा.वि. व्यवस्थापन समितीका अध्यक्ष बद्रि दहाल, चुलीडांडा प्रा.विका प्रधानध्यापक मदन जोशी, नेपाली काँग्रेसका जिल्ला प्रवक्ता राकेश श्रेष्ठ, नेकपा माओवादी केन्द्र नगर सचिव नरेन्द्र श्रेष्ठ लगायत अन्य पार्टी प्रतिनिधी र संघ–संस्था प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

यसरी सम्पन्न स्कूलको ७२ औं बार्षिक दिवसको अवसरमा पूर्व प्रधानध्यापक चोकबहादुर दहाल, पूर्व प्रधानध्यापक ईस्वरी दहाल, पूर्व व्यवस्थापन समितीका अध्यक्ष बुद्धिबहादुर अचाजु, समाजसेवी मुक्तीमणी राजभण्डारी, नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दहाल, उत्कृृष्ठ शिक्षक भक्तलाल श्रेष्ठ र उत्कृष्ठ विद्याका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भनी प्रधानध्यापक शेषनारायण आचार्यले बताउनु भयो ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथी, विशेष अतिथी र अतिथीज्यूहरुलाई सहायक प्रधानध्यापक शेरबहादुर भुजेलद्वारा स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो । यसै गरी आर्थिक प्रतिवेदन लेखापाल पुजन श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो भने शैक्षिक प्रतिवेदन प्रधानध्यापक शेषनाथ आचार्यज्यूले प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरुमा भीमेश्वर नगरपालीकाका उपप्रमुख एवंकार्यक्रमका प्रमुख अतिथी कमला बस्नेत, वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, नसस मुना श्रेष्ठ, पार्टी प्रतिनिधीहरु राकेश श्रेष्ठ, नरेन्द्र श्रेष्ठ र नसस मुना श्रेष्ठले दिनु भएको थियो ।

यसै गरी राजकुलेश्वर आधारभुत विद्यालयका व्यवस्थापन समिती अध्यक्ष अजय प्रधान, प्रअ प्रकाश दहाल, विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष बुद्धिबहादुर आचाजु, पूर्व प्रधानध्यापकहरु चोकबहादुर दहाल, ईस्वरी दहालले दिनु भएको थियो ।
दिउँसो १२ः१० देखि बेलुकाको ६ बजेसम्म संचालन भएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई व्यवस्थापन समितीका अध्यक्ष एवं कार्यक्रमका सभापती ज्ञानु कुँवर योगीले हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिर्दै कार्यक्रम अन्त भएको घोषणा गर्नु भयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!