२८ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । सरकारले व्यक्तिगत घटना दर्ता प्रमाणपत्र जहिलेसुकै संशोधन गर्न सकिने गरी कानुन बनाउने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा जन्म, नाम, थर वा अन्य विवरण एक पटक दर्ता भएपछि दर्ता भएको मितिले एक वर्षभित्र मात्रै सच्याउन सक्ने व्यवस्था छ ।
सरकारले यसलाई परिवर्तन गरी जहिले सुकै सच्याउन सकिने गरी सम्बन्धित ऐन संशोधन गर्न लागेको हो । तर, जहिले संशोधन गर्न पाइने भए पनि एक पटक मात्रै संशोधन गर्न सकिनेछ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको ‘केही नेपाल ऐन संशोधन विधेयक २०८०’ मा यस्तो प्रस्ताव गरिएको हो ।