२८ बैशाख, बाँपीझ्याला, दोलखा । स्वास्थ्य कार्यालय दोलखाका अनुसार जिल्लामा पहिलो मात्रा खोप नलगाएका र पहिलो मात्रा खोप लगाएको ६ महिना पुरा भएका नागरिकहरुलाई आज र भोली खोप लगाउन लागिएको हो । जिल्लाका लागि यही बैशाख २४ गते कोभिड १९ विरुद्धको १४ सय भाइल पि फाइजर खोप प्राप्त भएको थियो ।
पहिलो तथा दोस्रो मात्रा खोप अभियान सञ्चालनका लागि प्राप्त भएको पि फाइजर खोप आज र भोली लगाईने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तमराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार ५५ वर्ष माथिका सबै नागरिकहरु, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका पहिलो श्रँृखला पुरा गरेका, दिर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई खोप दिईने स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका सबै पालिकाले तोकेको स्थानमा गई खोप लगाउन सकिने स्वास्थ्य कार्यालयका प्रमुख खनालले बताउनुभयो । दोलखामा लामो समयपछि कोरोना विरुद्धको खोप प्राप्त भएको हो । स्वास्थ्य मन्त्रालयले माग गरेभन्दा कम मात्रामा खोप पठाएकाले सवै पालिकाको माग पुरा गर्न नसकिने देखिएको छ ।