२८ वैशाख, बाँपीझ्याला, काठमाण्डौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार भएको खेलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको छ । यस जितपछि चेन्नाईले प्लेअफ पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।
१२ खलेमा सातौं जित हात पारेको चेन्नाई १५ अंकसहित दोस्रो स्थानमा छ । चेन्नाईले लिगमा अब बाँकी दुई मध्ये एक खेल जिते पनि प्लेअफ पुग्नेछ । सातौं हार बेहोरेको दिल्ली ११ खेलबाट ८ अंकसहित अन्तिम स्थानमा छ र प्लेअफको सम्भावना लगभग सकिएको छ ।