२८ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा गरिमा नेपालको समन्वयमा काठमाडौंमा १ महिने मखमली जुत्ता बनाउने तालिम सम्पन्न भएको छ । घरेलु कार्यालयका प्रमुख मेघनाथ रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उद्योग अधिकृत रामचन्द्र दहाल, छैटौतहका अधिकृत नेत्रनारायण अर्याल, गरिमा नेपालका अध्यक्ष सुलोचना श्रेष्ठ, प्रशिक्षक चम्पा नेपाल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम गरिमा नेपालका सचिव मेनुका सुवेदीले संचालन गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो । सहभागिको तर्फ बाट निर्मला महराले मन्तब्य राख्दै तालिम अतिउपयुक्त भएको तर समय छोटो रहेको बताउदै हामी सकृय उद्यमी बन्न चाहन्छौं । यसमा साथ सहयोग दिनुस भन्दै आफ्नो मन्तव्य राख्नु भएको थियो ।

यसै गरी प्रशिक्षक चम्पा नेपालले सीप सिक्न हिचकिचाउनु हुदैन दवावहरु धेरै आउछन तर आट चै हुनु पर्छ भन्दै नेपालमा धेरैलाई उद्ममी बनाउने अभियानमा रहेको जानकारी गराउनु भयो । सुलोचना श्रेष्ठ ईच्छा शक्ति हुदा आर्थिक पाटौ गौण हुन्छ तपाईंको सकृयतामा हामी साथ दिनेछौ र हामी पुलको काम गर्छौ भनी आफ्नो भनाई व्यक्त गर्नु भयो ।
सहभागिलाई प्रमाणपत्र बितरण गर्दै घरेलु कार्यालय प्रमुख मेघनाथ रिजालले तपाईं र हामी साथ साथ हुनेछौं । सिमित बजेटका कार्ण खुकुलो हुन सकिएन तर कार्यक्रम अति उपयुक्त भएछ । यसमा तपाईहरु हात दिनुस हामी साथ दिने छौ भन्नु अयो ।
उद्योग गरौ उद्यमी बनौ भन्ने मुल नाराका साथ संचालन भएको उक्त कार्यक्रममा १२ प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण मेनुका सुवेदीले गर्नु भएको थियो ।