२७ वैशाख,बाँपीझ्याला,काठमाण्डौँ । कान्तिपुर फिल्म एकेडेमीको निर्माणमा पोखरामा छायांकन भइरहेको सिरिज ‘ब्रह्माण्ड’को पहिलो चरणको छायांकन सकिएको छ । छायांकन सुरु भएको २५ औं दिनमा पहिलो चरण सकिएको जनाइएको छ । कुल आठ एपिसोडको हुने यो सिरिजको लम्बाइ आठ घण्टा हुने जनाइएको छ ।
सिरिजमा अर्पण थापा, सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, माओत्से गुरुङ, राजन खतिवडा, सरिता गिरी, विशाल पहारी, सुरज विष्ट लगायतको अभिनय छ । सञ्जय ढुंगाना र सुप्रज्ञा शर्माले सिरिजबाट डेब्यु गर्दैछन् । रियाज नाटककारको लेखन तथा निर्देशन रहेको सिरिजलाई ‘लुट’ फेम्ड पुरुषोत्तम प्रधानले खिचेका छन् ।