२६ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । कोटेश्वर मल्टिपल क्याम्पसबाट ८० बर्षीय एक जेष्ठ नागरिकले यही बैशाख २६ बाट सुरु भएको कक्षा १२ को परीक्षा सामेल भई जाँच दिनु भएको छ ।
पढाई प्रति दिक्दार भएका स– साना बालबालिकाहरुलाई जिवनमा सबै भन्दा ठुलो कुरा पढाई हो भन्ने शिक्षा दिन मन लागेर आफु परिक्षामा सामेल भएको बताउनु हुन्छ । काला अक्षर भैसि बराबर भएको आफुलाई शिक्षाका अक्षरहरु सङ्ग परिचित भै आफु शिक्षित भएर शिक्षाका आँखाले यो सुन्दर संसारलाई निहाल्ने रहर भएकोले आफ्नो रहरलाई बाधक भनेर छेक्न समाज, परिवार र आफन्तले रोक्न नसकेको भनाई वहाँको रहेको छ ।
ति सबै बाधकहरु सङ्ग लडाई गरे जितेर आज यहाँसम्म आई पुगेको बताउनु हुन्छ । नेपालमा विश्वमा नभएका श्रोत साधन छ । यसलाई भरपुर प्रयोग भए नेपालि युवाहरु विदेशिनु पर्दैन, नेपाल आफैमा पुर्ण र सम्पन्न देश हो। जहाँ इच्छा, त्यहाँ उपाय वहाँको शैक्षिक यात्राको लागि हार्दीक शुभकामना ।