२३ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । लाईन्स क्लव अफ काठमाण्डौं मनासलु नागार्जुन, लाईन्स क्लव अफ काठमाण्डौं मनासलु भिजन र बिपि कोईराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगञ्जको संयुक्त आयोजनामा नागार्जुन नगरपालीका वडा नंं १ स्थित राधाकृष्ण मन्दिरको परिसरमा निःशुल्क आँखा शिविर तथा मधुमेह रोगको जाँच क्याम्प आज सम्पन्न भएको छ ।
स्वास्थ्य समस्या पहुँचबाट टाढा रहेका जेष्ठ नागरिक, असाह्य, असंक्त, दलित र विपन्न समूदायका परिवारलाई लक्षित गरि संचालन गरिएको उक्त क्याम्पमा ६ शय जनाभन्दा बढी स्थानिय विरामीहरुले आँखाको जाँच गराउनु भयो । यसै गरी मधुमेहको पनी त्यही अनुपातमा जाँच चेक गरी सेवा प्रदान गरिएको छ भनी लाईन्स क्लव अफ काठमाण्डौं नागार्जुनका अध्यक्ष रामहरि देवकोटाले बाँपीझ्याला डटकमलाई बताउनु भयो ।
आँखा जस्तो सम्वेदनसिल अङ्ग र मधुमेह जस्तो विकाराल समस्या अहिलेको समाजमा धेरै भन्दा धेरैलाई समस्या रहेकोले यस प्रकारको सेवा टोलमा नै संचालन गरिएको हो भनी अध्यक्ष देवकोटाले बताउनु भयो ।
बिपि कोईराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगञ्जका डा.नविना सुवाल, डा. अन्नपूर्णको सहभागीता रहेको थियो । समुदायका सदस्यहरुको हितमा लाईन्स क्लवहरुले संचालन गरिएको यस किसिमको क्याम्पमा आफुहरुको सहभागी रही सहयोग गर्न पाएकोमा ति डाक्टरहरु खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनी यस खाले क्रियाकलापहरुमा आफुहरुको सहभागी उत्साहजनक रुपमा हुने बताउनु भयो ।
आँखा जाँचको क्रममा २१ जना भन्दा बढी विरामीहरुको मोतिविन्दुको शल्यक्रिया गर्नु पर्ने भएकोले उक्त शल्यक्रिया बिपि कोईराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगञ्जले निःशुल्क गरि दिने समेत डा.नविना सुवालले बताउनु भयो । आज विहान ८ः०० बजेदेखि शुरुभई दिउँसो ४ः०० बजेसम्म क्याम्प सञ्चालन गरिएको थियो ।
आफ्नो घरदैलौमा नै यसरी आँखा शिविर तथा मधुमेह रोगको उपचारको बारेमा जानकारी गराउने उद्देश्यले लायन्स क्लव अफ काठमाण्डौं मनासलु नागार्जुनको विशेष सक्रियता र लाईन्स क्लव अफ काठमाण्डौं मनासलु भिजन र बिपि कोईराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगञ्जको संयुक्त आयोजनामा बरिष्ठ आँखा विशेषहरुबाट आफुहरुले सेवा लिन पाएकोमा स्थानिय वासिन्दाहरु खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनी यस खालको सेवा टोलमा उपलब्ध होस् भन्नेमा आशावादी रहेको बताउनु भयो ।
उक्त स्वास्थ्य शिविरमा विरामीहरुको आवश्यकता अनुसार चश्मा, बिभिन्न औषधी तथा भिटामिन डि निःशुल्क वितरण गरिएको थियो ।
यस कार्यक्रम प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्ण महानुभाव, संघ–संस्था प्रतिनिधी तथा सहयोगी मनहरुलाई हार्दिक आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गरिएको छ भनी अध्यक्ष देवकोटाले बताउनु भयो ।