२३ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । सरकारमा सहभागी दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नागरिकता विधेयक लगायत समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
नागरिकता विधेयकलाई के गर्ने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्ने कार्यसूची पनि रहेको छ ।
बैठकमा प्रधानमन्त्री दाहाल, नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल सहभागी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता छ ।
उक्त छलफलमा सत्तारुढ दलका शीर्ष नेतासँगको छलफलमा महान्यायाधिवक्ता दिनमणि पोखरेल, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वमहान्यायाधिवक्ताहरु र संवैधानिक कानुनका जानकार कानुन व्यवसायीहरु सहभागी थिए ।