Search

पद्मवर्ण महाविहार दोलखामामा प्रेमपूर्णप्रताप फाउण्डेसनद्वारा बुद्ध प्रतिमा तथा नगद हस्तान्तरण

पद्मवर्ण महाविहार दोलखामामा प्रेमपूर्णप्रताप फाउण्डेसनद्वारा बुद्ध प्रतिमा तथा नगद हस्तान्तरण

२२ बैशाख, बाँपीझ्याला, दोलखा । २५६७ औं बुद्ध जयन्तीको पावन अवसरमा विश्वभर शान्तिको कामना गर्दै प्रेम–पूर्ण–प्रताप फाउण्डेसनद्वारा दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. २ पालचुटी दोलखामा स्थापना भएको पद्मवर्ण महाविहारमा बुद्धको प्रतिमाको साथै अक्षयकोषमा दाखिला हुनेगरी नगद २ लाखको चेक हस्तान्तरण गरिएको छ ।

उक्त हस्तान्तरण कार्यक्रम अन्तर्गत सो प्रेम–पूर्ण–प्रताप फाउण्डेसनकी संरक्षिका दोलखाकै नक्छेँ टोलमा रहेका दिवंगत प्रताप नारायण प्रधान र दिवंगत प्रेममाया प्रधानकी सुपुत्री पद्मा प्रधानद्वारा प्राप्त बुद्धको प्रतिमा बैशाख २१ गते दोलखाका प्रतिनिधि सभा संघीय सदस्य गंगा कार्कीज्यूको हातबाट पद्मवर्ण महाविहारका धर्मगुरू समक्ष हस्तान्तरण गरिएको हो ।

उक्त समारोहमा सो विहारका प्रतिस्थापक डा. सुनिल मास्के समुपस्थित थिए । सोही अवसरमा प्रेम–पुर्ण–प्रताप संस्थाकी अध्यक्ष शान्ति श्रेष्ठ, सचिव हिरा थामी, सल्लाहकार बालकृष्ण श्रेष्ठ, अतिरिक्त सल्लाहकार सदस्य मन्दिरा श्रेष्ठ, कल्पना श्रेष्ठ र केशरी तामाङको उपस्थिति थियो । त्यसैगरी उक्त समारोहमा जिरी नगरपालिका वडा कार्यपािलका अध्यक्ष शान्त नेपाली, सदस्य कमला काकी, रानु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सो प्रतिमा हस्तान्तरण कार्यक्रममा प्रतिनिधी सभा सदस्य गंगा कार्कीज्यूले बुद्धको महिमालाई चित्रण गर्नुहुँदै दोलखामा परापूर्वकालदेखि नै रहँदै आएको बुद्धको अस्तित्व र महत्वबारे प्रकाश पार्नुभयो र साथै उहाँलै प्रेम–पूर्ण–प्रताप फाउण्डेसनकी संरक्षिका पद्मा प्रधानले गर्दै आएका समाजसेवा प्रतिको लगाव र देन बारे चित्रण गर्नुहुँदै उनको प्रशंसा सहित आभार व्यक्त गर्नुभएको थियो ।

बैशाख २२ गते बुद्ध जयन्तीको दिनमा सोही फाउण्डेसनकै अध्यक्ष शान्तिदेवी श्रेष्ठले संरक्षक पद्मा प्रधानको जन्मदिन परेको अवसरमा पद्मवर्ण महाविहारको लागि अक्षयकोषमा जम्मा गर्न उहाँले पठाउनु भएको नगद २ लाखको चेक धर्मगुरुको हातमा हस्तान्तरण गर्नु भयो ।

यसै गरी बुद्ध जयन्तीको पावन अवसरमा यस्तो पूण्यकार्य गर्न पाएकोमा अति नै खुसी लागेको कुरा राख्दै सो महाविहारको उन्नतिको कामना गर्नुभयो । त्यसैगरी संरक्षक पद्मा प्रधानले हाल आपूm विदेशमा रहेर भए पनि दोलखा लगायत विभिन्न ठाउँमा रहेका असहाय, दीन दुःखीहरूको सेवा गर्न अवस्थानुसार आर्थिक तथा भौतिक सहयोग गर्न तैयार रहेको सन्देश पनि सुनाउनु भएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!