२२ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा डा. मिनेन्द्र रिजाल मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम डा. रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।
गत महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उठेका उनी पराजित भएका थिए । महामन्त्रीमा पराजय भोगेसँगै उनले रक्षामन्त्रीबाट समेत राजीनामा दिएका थिए ।
देउवाले आफ्नो प्यानलबाट महामन्त्रीमा हारेका डा. प्रकाशशरण महतलाई केन्द्रीय सदस्य, पार्टी प्रवक्ता, समानुपातिक सांसद हुँदै अर्थमन्त्री बनाएका छन् । तर रिजालले गत निर्वाचनमा चुनाव लड्न टिकटसमेत पाएका थिएनन् ।