Search

प्राचिन शहर दोलखाका जेष्ठ नागरिक सुवर्णलक्ष्मी श्रेष्ठ १०३ बर्षको उमेरमा दिवंगत, सस्मरणमा वहाँ

प्राचिन शहर दोलखाका जेष्ठ नागरिक सुवर्णलक्ष्मी श्रेष्ठ १०३ बर्षको उमेरमा दिवंगत, सस्मरणमा वहाँ

विचार विय – हार्दिक श्रद्धाञ्जली

दोलखा जिल्ला पूर्व दोलखा गाउँ पञ्चायत वडा नं. –४ हाल भीमेश्वर नगरपालीका वडा नं. –२, दुङ्गल टोल, दोलखामा वि.सं. १९७८ भाद्र ५ गते ईन्द्रजात्राको दिनमा बुबा स्वर्गिय सिद्धिमान श्रेष्ठ र आमा स्वर्गिय शंखलक्ष्मी श्रेष्ठको कोखबाट जन्मनु भएका कान्छि छोरी बर्ष १०३ की सुर्वण लक्ष्मी श्रेष्ठ हिजो २०८० साल बैशाख २१ गते दिउँसो ४ः०० बजे सुपुत्र दिवंगत तेजराज श्रेष्ठका जेष्ठ सुपुत्र धृतराज श्रेष्ठको निवास बुढानिलकण्ठ नगरपालीका वडा नं. ८ सुन्दरबस्तीमा दिवंगत हुनु भई यस धर्तिबाट सदाका लागि वहाँको पार्थिव शरिरले विदा लिनु भएको छ ।

हिन्दु परम्परा अनुसार आज विहान पशुपति आर्यघाटमा दाह् संस्कार गरिएको छ । सुपुत्र दिवंगत तेजराज श्रेष्ठका जेष्ठ सुपुत्र धृतराज श्रेष्ठले आफ्नो बजैको दाह् संस्कार गर्नु भएको छ । क्रिया आफ्नै निवास बुढानिलकण्ठ सुन्दरबस्तीमा बस्ने पारिवारीक श्रोतबाट थाहा भएको छ ।

पूर्व दोलखा गाउँ पञ्चायत वडा नं. –८ हाल भीमेश्वर नगरपालीका वडा नं. –२, डोक्छे टोल दोलखामा स्वर्गिय सिद्धिलाल श्रेष्ठ र कालि श्रेष्ठको छोरा स्वर्गिय राजलाल श्रेष्ठ संग १४ बर्षको उमेरमा बैबाहिक सम्वन्धमा गाँसिन्नु भएका जेष्ठ नागरिक श्रेष्ठज्युको एक तेजराज छोरा तेजराज श्रेष्ठ, तिन छोरीहरु जेठी छोरी योवमाया श्रेष्ठ अवाल, माईली छोरी क्रान्ती श्रेष्ठ बज्रचार्य र कान्छि छोरी लक्ष्मी श्रेष्ठ अवाल हुनु हुन्छ । जेठी छोरी र कान्छी छोरी सरस्वती खेल ठिमी भक्तपुरमा बिबाह गर्नु भएको छ भने माईली छोरी डल्लु काठमाण्डौंमा बिबाह गर्नु भएको छ । यसै गरी नाती नातीनीहरु ८ जना हुनु हुन्छ ।

जसमा सवभन्दा ठुलो मंगलकृष्ण श्रेष्ठ, मन्सु श्रेष्ठ, धृतराज श्रेष्ठ, अनिराज श्रेष्ठ, निरज बज्रचार्य, ममिला श्रेष्ठ, सुर्यमायाँ अवाल र नवराज अवाल हुनु हुन्छ ।

२५ जेष्ठ २०७७ मा जेष्ठ नागरिक सुवर्ण लक्ष्मी श्रेष्ठज्यूसँग भएको कुराकानीको मुख अंश ।।।
आफु युवा अवस्थामा हुँदा त्यतीेबेला तान बुन्ने काममा संलग्न भएका थियौ । यसरी तान बुन्दा परेवा आँखा बुट्टाको पटुका, भर्को खास्टो, दौरासुरुवाल र च्याप्काको कपडा जस्ता उपयोगी बस्त्रहरु बुनेको स्मरण गर्नु भएको थियो । डोक्छे स्थित स्वर्गिय नलि बहादुर श्रेष्ठ (साईला) रहनु भएको घरमा तान बुन्ने काम गर्ने गरिएको बताउनु हुन्छ भने यस कार्यमा नन्दहरु नक्कली, ठुलीकान्छी र सानुकान्छीहरु संग सहकार्य गरेर काम गरेको स्मरण गर्नु हुन्छ ।

युवा अवस्थामै आफ्नो एक्लो छोरा स्वर्गिय भएकोमा दुःख व्यक्त गर्नु हुन्छ । हाल बुहारी लक्ष्मी श्रेष्ठ, जेठा नाती धृतराज श्रेष्ठ संग र कहिले माईली छोरी क्रान्ती श्रेष्ठ बज्रचार्य संग डल्लुमा बस्दै आउनु भएको भनाई व्यक्त गर्नु भएको थियो ।

यस अनलाईन पत्रिकामा आफ्नो शताब्दी पुगी सकेको आमाको बारेमा लेखरे दोलखा भित्र बाहीर बस्नु हुने सम्पूर्ण दोलखाली माईती खलकका दाजुभाई र दिदी बहिनीलाई जानकारी दिन यस जेष्ठ नागरिक स्तम्भ राखेकोमा माईली छोरी क्रान्ती श्रेष्ठ बज्रचार्यले खुसी व्यक्त गर्दै बाँपीझ्याला अनलाईनलाई धन्यवाद दिनु भयो ।

साथै आफ्नो मातृभाषा सबैको साझी भएको यसको संरक्षणको लागि जिम्मेवारी र दायित्व सवैले लिनु पर्ने धारणा राख्नु हुन्छ साथै यसको लागि आफ्नो तर्फबाट आर्थिक, नैतिक र भौतीक के सहयोग गर्नु पर्छ त्यसको लागि तयार रहेको बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment