Search

समकालीन एकता समाज नेपाल दोलखा काठमाण्डौंको तर्फबाट खुल्यो समकालीन महिला उद्यम सेवा

समकालीन एकता समाज नेपाल दोलखा काठमाण्डौंको तर्फबाट खुल्यो समकालीन महिला उद्यम सेवा

२० बैशाख, बाँपीझ्याला, काठमाण्डौं । समाजसेवी सकुना श्रेष्ठ अध्यक्ष रहेको समकालीन एकता समाज नेपालले आफ्ना सबै समकालीन साथिहरूको सहभागिता गराएर समकालीन महिला उद्यमी समूह बनाएर आज एक विशेष समारोहको बीचमा उद्घाटन गरेको छ ।

अध्यक्ष सकुना श्रेष्ठले आफ्नो कुल र मूल देव देवीको तस्बिरमा पूजा अर्चना गर्दै सो उद्यमको सेवा सुचारु भएको घोषणा गर्नु भएको थियो । सो अवसरमा सोही समाज नेपालका सबै पदाधिकारी तथा सदस्यहरू उपस्थिति भएका थिए । पूजा अर्चना पछि सबैलाई टीका लगाइदिंदै प्रसाद र सगुन पनि बाँडिएको थियो ।

उक्त अवसरमा आमन्त्रित वर्गको रूपमा नेवाः देय् दबू दोलखा जिल्ला शाखाका अध्यक्ष देवेन्द्र नारायण्ना प्रधान, द्वाल्खा नेपाल भाषाका अध्यक्ष नहेन्द्र प्रधान, प्रेम–पूर्ण–प्रताप फाउण्डेसनकी अध्यक्ष शान्ति श्रेष्ठ, छिजि द्वाल्खा डोबरका अध्यक्ष रिना चाकुबजी लगायत दोलखाली युवा गायक दिपक स्वप्निल श्रेष्ठ लगायत पदाधिकारी तथा सदस्यहरुको आफन्त र अन्य शुभचिन्तक दोलखावासीका साथै उपत्यकावासीहरुको व्यापक उपस्थिति रहेको थियो ।

प्राचिन शहर दोलखा स्थित राजकुलेश्वर प्राथमिक शिक्षालयदेखि भीम माध्यमिक विद्यालयसम्म सँगसँगै अध्ययन गरेका साथीहरू समेटेर स्थापना गरेको समकालीन एकता समाज नेपालको स्थापना २०७८ पौष ११ गते आईतवार स्थापना भएको सो संस्थाले विगतमा सामजिक सेवाभावले विभिन्न अनाथाश्रममा खाध्यान्न, लत्ताकपडा (मौसम अनुसार) ओढ्ने ओछ्याउने र आर्थिक सहयोग पनि वितरण गर्दै आएको हो । यसै गरी स्थानिय निकाय प्रदेशको लागि दोलखा जिल्ला, भीमेश्वर नगरपालीका भित्रका जनप्रतिनिधीहरुको कुसल कार्यको कामना गर्दै शुभकामना व्यक्त गरिएको कार्यक्रम बृहत रुपमा सम्पन्न गरिएको छ ।

संस्थाकी अध्यक्ष सकुना श्रेष्ठको भनाइ अनुसार अबको चरणमा यो संस्थाले आफ्नै समूह भित्रबाट साना घरेलु उद्यम गरेर क्षमता अभिवृद्धिका साथमा आयमूलक कार्यको थालनी गरेर स्वरोजगारीको लागि टेवा दिने कार्य गर्न लागेको बताउनु भयो । यसको लागि संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरु आ–आफुमा सक्षम भएको कारणले आयमुलक क्रियाकलाप गर्नमा थप सहयोग पुगेको महशुष गरि यो आयमुलक उद्यम संचालन गर्न लागेको बताउनु हुन्छ ।

यस उद्यमबाट सर्वसाधारणमा जाँगर र उत्साह पनि थपिने कुरा अध्यक्ष सकुना श्रेष्ठ मलेकुले बताएकी छन् । यस संस्थामा सहभागी सबै सदस्यहरूको एउटै मत र एउटै आवाज नै सीपमूलक र आयमूलक कार्य गरेर समाजमा नयाँ आयाम थपिने रहेको छ ।

आजको कार्यक्रममा विशेष अतिथिको रूपमा आउनुभएका द्वाल्खा नेपाल भाषाका अध्यक्ष नहेन्द्र प्रधानज्यूले शुभकार्यलाई बधाई र शुभकामना व्यक्त गर्दै सो उद्यमी संस्थाबाट शुरुआत गरिएको सामान खरीद गर्नु भई शुभारम्भ गर्नु भएको थियो । सोही अवसरमा दोलखाली युवा गायक दिपक स्वप्निल श्रेष्ठले दोलखा नेवारी भाषा, नेपाली भाषाका गित गाएर संस्थाका पदाधिकारी सदस्य, सदस्यहरू र अतिथिवर्गलाई मनोरञ्जन दिन सफल हुनु भएको छ ।

यसैगरी समकालिन महिला उद्यमीले संचालनमा ल्याएको यस किसिमको व्यापरिक क्रियाकलापले सदस्य, गैर सदस्य र शुभचिन्तकहरुलाई अनलाईन र खुल्ला व्यापारीक सेवा प्रदान गर्न समेत सक्षम हुने अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!