Search

नेप्सेमा गिरावट, ६९ करोड २२ लाखको कारोबार

नेप्सेमा गिरावट, ६९ करोड २२ लाखको कारोबार

१९ वैशाख बाँपीझ्याला काठमाण्डौँ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । सेयर बजार ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा बन्द भएको छ ।

मंगलबार नेप्सेमा १४४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ६८ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ७ कम्पनीको स्थिर रहेको छ ।

मंगलबार नेप्सेमा २१ हजार ६४९ वटा कारोबारमा २३ लाख ३६ हजार ६२५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार कारोबारमा आएका कम्पनीमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, १० प्रतिशत सनराइज डिबेन्चर २०८०, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, पिपुल्स पावर लिमिटेड, सनराइज ब्लुचिप फन्ड लगायतका कम्पनीका लगानीकर्ताले धेरै नाफा कमाए ।

स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, सानिमा मिडल तमोर हाइड्रो पावर लिमिटेड लगायत कम्पनीका लगानीकर्ताले धेरै गुमाए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!