श्रमीकलाई माया गरौ, श्रमको सम्मान गरौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना ।
आज अंग्रेजी महिनाको मे पहिलो दिन । संसार भरका करीब असी बयासी राष्ट्रहरूले आजको दिनलाई महान दिनको हिसाबले मान्ने गरेका छन् । श्रमिक बिनाको देश सायद विकास र उद्यमको परिकल्पना असम्भव होला । मजदुरहरूको हक, अधिकार र हितको लागि यो दिनलाई उत्सवको रूपमा लिन अपरिहार्य छ । आजको दिनमा अधिकांश राष्ट्रहरूले राष्ट्रिय दिवसको रूपमा मान्ने गरेका छन् ।
श्रमिकहरूको हितको लागि आवाज बुलन्द पार्ने फ्रान्सको राजधानी पेरिसका नेंता रेमंड ल्याभिनले सन् १९८९ मा पेरिसको विशाल बैठकमा मे १ को दिनलाई मे दिवसको रूपमा मनाउनु पर्ने प्रस्ताव राखेका थिए । अमेरिकाको शिकागो शहरमा श्रमिकहरूमाथि दमन र अत्याचार गरेको विरोधमा मजदुरहरूले गरेको वृहत आन्दोलनपछि आज कै दिनमा तत्कालीन सरकारले मजदुरहरूको माग जायज हो भनेर अधिकार प्रदान गरेको अर्थमा बुझ्न जरुरी छ ।
त्यसैको फलस्वरूप सन् १८९१ म अन्तर्राष्ट्रिय श्रमिक दिवस मानेर आधिकारिक रूपमा वार्षिकोत्सव मनाउँदै आएको हो । श्रमिकहरू माथि कामको बोझ ज्यादा समयसम्म् लाद्ने तर ज्याला वा पारिश्रमिक भने कम दिएर कसै कसैलाई खान र सुत्नका लागि अनि आफन्तसँग भेटघाट सम्म गर्नबाट वञ्चित गरिएकोमा मजदुर विचलित र प्रताडित भएकोले यसको अन्त गर्न त्यो आन्दोलन अपरिहार्य थियो र गरियो भनेर श्रमजीवी सगठनले त्यसबेला यो कुरा सावैजनिक गरेका थिए भनिन्छ ।
सन् १९०४ मा एम्स्टर्डमको अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनमा मजदुरहरूलाई दैनिक ८ घण्टा मात्र काममा लगाउने यदि बढी समय काममा खटाउने हो भने थप पारिश्रमिक दिनुपर्ने माग राखेपछि आजकै दिनमा सो कुरालाई मान्यता दिएको र यही दिनलाई सबै श्रमिकवर्गलाई एक ठाउँमा भेला गराएर उत्सवको रूपमा मनाइँदै आएको हो । यसैले आजको दिनमा सम्पूर्ण श्रमिकहरूले काम बन्द गरेर बिदा मनाउने गरिएको हो ।
सम्पूर्ण मजदुरहरूमा हार्दिक अभिवादन !