Search

नव बर्ष २०८० को अवसरमा नक्छेँमि प्रधान परिवारको शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम सम्पन्न

नव बर्ष २०८० को अवसरमा नक्छेँमि प्रधान परिवारको शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम सम्पन्न

१६ बैशाख, बाँपीझ्याला काठमाण्डौं । नव वर्ष २०८० को अवसरमा प्राचिन शहर दोलखाका नक्छे प्रधान परिवारले उपत्यकामा बसोवास गर्ने दाजुभाई, दिदीबहीनी र आफ्नो म्यासमुचा र जुवाईका साथै आमन्त्रीत पाहुनाहरुको बिचमा शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम बालाजु बाईधारामा सम्पन्न गरिएको छ ।

यसरी नव बर्षको आगमन संगै नेपाली जनमानसमा उत्साह र उमंगमा नै बसन्त छाएको हिजोआज यत्रतत्र देखिन थालेको छ । डाँडाकाँडा, बनपाखामा गीत संगीत घन्किरहेको छ । उल्लासका आवाजले धर्ती तरंगित बनेको छ । कतै सेलो, कतै मारुनी र कर्त काँठे अनि कतै कतै नेवारहरूको मौलिक बाजाका तालहरूले प्रकृति गुञ्जायमान बनेको छ ।

बसन्त ऋतुको आगमनको यो उल्लास र उत्साहले प्राचीन नगर दोलखाको नक्छेँ टोलको प्रधान खलकलाई काठमाण्डौंको बालाजु बाइस धारा स्थित आ–आफ्नो परिवारको सदस्यहरु बिच र चेलीबेटीहरु बिच शुभकामना आदान प्रदान र बनभोज कार्यक्रम सम्पन्न गरिएको छ । करिव एकशय जना सहभागीता रहेको उक्त शुभकामना तथा बनभोज कार्यक्रममा परिचयात्मक कार्यक्रम, खेलकुद कार्यक्रम गर्नुका साथै वरिष्ठ जेष्ठ नागरिक आदरणिय सुरेन्द्र बहाुदर प्रधानज्यूको दम्पतीको विशेष उपस्थिती रहेको थियो । यसरी बाइस धाराको १ नं. बनभोज स्टलमा धेरै वर्षको अन्तरालमा टीकानारायण प्रधान, बैकुण्ठ प्रधान, लवकुश प्रधान, जगदीश प्रधान, भोला प्रधान, राष्ट्रभुषण प्रधान, नहेन्द्र प्रधान, मुक्ति नारायण प्रधान, नविन प्रधान, उपेन्द्र प्रधान, रविन प्रधान, अमर प्रधान, माधव प्रधान, उज्वल प्रधान, कृष्ण कुमार प्रधान र आर्दश प्रधान लगायत प्रधान खलकका नव युवाहरुको बाग्लो उपस्थिती रहेको थियो । यसै गरी नक्छेमिका म्यासमुचा खलकमा द्रोपती प्रधान, बिमा प्रधान, जानकी कर्माचार्य लगायत नव युवा चेलीहरुको उपस्थिती रहेको थियो ।

यसै गरी बुहारीहरुमा सञ्जु प्रधान, भगवती प्रधान, गुणकेसरी प्रधान लगायतका उपस्थिती रहेको थियो । आमन्त्रीत सभासद हेम श्रेष्ठ, चेलीबेटीका सन्तानहरु प्रभाकर श्रेष्ठ र होमचन्द्र श्रेष्ठ लगायत सबै आदरणीय व्यक्तित्वहरूको जमघटले बनभोजलाई थप मनोरञ्जन दिनुका साथै महत्वपूर्ण भेटघाटले महत्वपूर्ण निर्णयहरु गरेका छन् ।

इन्जिनियर नहेन्द्र प्रधानले दोलखाका राजा कीर्ति सिंहदेखि अहिले सम्मका पुस्ताका परिवारको तालिका बनाएर देखाउनु भएको थियो । साहित्यकार अमर प्रधानले नक्छेँमि परिवारको बारेमा विगत देखि वर्तमान सम्मका जमघटको बारेमा बताउनु भयो । त्यस्तै जेष्ठ नागरिक एवम् कार्यक्रमका प्रमुख व्यक्तित्व सुरेन्द्र प्रधानज्यूले यो भेटलाई ऐतिहासिक भेटको संज्ञा दिनुभयो र कहिल्यै पनि एक आपसमा मनमुटाव र भेदभाव नरहोस् भन्ने सदिच्छा व्यक्त गर्नुभयो ।

प्रारम्भमा कौला (बिहानी नास्ता) त्यसपछि परिचयात्मक कार्यक्रम पछिको नाचगान फोटो सेसन, म्युजिकल चेयर्स् खेल हुँदा मौसमी वर्षाले पनि साथ दिएको थियो । बाँपीझ्याला डटकमका सह–सम्पादक पत्रकार बालकृष्ण श्रेष्ठको उपस्थिति थियो । त्रिलोचन प्रधानले संगीत प्रविधिको भूमिका निभाएको थियो भने परशुराम प्रधानले आर्थिक संकलनको जिम्मेवारी पाएको थियो भने कार्यक्रम सञ्चालन उपेन्द्र प्रधानले गरेका थिए ।

सो कार्यक्रममा प्रधान परिवारकी बुहारी प्रमिला प्रधान, चेलीबेटी बिमा शाक्य, होमचन्द्र श्रेष्ठ, लवकुश प्रधान , भोला श्रेष्ठ लगायत अन्यले पनि नृत्य गरेर कार्यक्रम रोचक बनाएका थिए ।

यसै अवसरमा बाँपिझ्याला डटकमका सह–सम्पादक बालकृष्ण्ले पद्यांश गजल सुनाएको थियो । त्यसपछिको कार्यक्रम समैबजी खाने भयो । त्यसपछि नक्छेँमि प्रधानको कुलदेवी पूजा घरको निर्माणको बारेमा केही मन्तव्य सहित आर्थिक संकलन गर्ने बारेमा छलफल भएको थियो । अन्तमा भोज खाएपछि कार्यक्रम सम्पन्न भएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!