अमरकुमार प्रधान
पहिलेको क्रमशः ….
चरिकोट पुगेपछी …..हाम्रो यात्रामा सहभागी दुइजना ओर्ली बैंकमा काम छ पछि आउँछु भनेपछि हामी दोलखातपैm लाग्यौँ । स्मरणीय छ हाम्रो जिल्ला दोलखा हो भने हाम्रो गन्तव्य भीमेश्वर नगरपालिका वडा नं. २ मा सीमित ‘द्वाल्खा’ पनि दोलखा बजारै हो । पाखलती पुगेपछि शिवकुमारी ओर्लिन् । अनि अरू सहयात्री उपेन्द्र काका पनि । सबैभन्दा पहिला चाँदीको मोहर चलाउने राजा इन्द्रसिंह देवको अद्र्धकदको सालिक सहित पार्क र उनकै नाममा कोरिएको स्वागतद्वार हुँदै गाडी छिरेपछि सकुनालाई डोक्छेँ आफ्नो घर सामुन्ने ओर्लिन् अनि हामी पालचुटीबाट भर्खर खुलेको सडक हुँदै चाम्सली निस्की नक्छेँ टोल पुग्यौँ ।
ड्राइभर प्रताप थामीलाई धन्यवाद साथ विदा गर्यौँ । यातयात र अन्य व्यवस्थापनको लागि उपेन्द्र काकालाई पनि आभार व्यक्त गरेँ । यो पालि दोलखा पुग्न पाइयोस् भनी भीमेश्वर, मच्छिन्द्रनाथ र कुलदेवी संग मनमनै भाकल गरेको थिएँ । घर अगाडि नै अघिल्लो दिन पुर्याइएको रथमा चढेर पुजारी नरेन्द्र (मित भाइ बरुण) तुलाधरको सामीप्यमा मच्छिन्द्रनाथको दर्शन गरी टीका पूmल प्रसाद ग्रहण गरेँ ।
नेवाः देय् दबू दोलखा जिल्लाका अध्यक्ष देवेन्द्र काकासँग सम्पर्क गर्दा दोलखा लजमा भोलिका लागि के कसरी गर्ने भनी सरसल्लाह गर्न आउनु भन्नु भएपनि मैले मच्छिन्द्रको जात्रामा सरिक हुन तपाईँहरू तलै भेट हुन्छ । मेरो भूमिका के हो बताइ दिनुहोला म सहर्ष स्वीकार गर्दछु भनी टारेँ । ४ः३० बजे नभन्दै उहाँहरू आउनुभयो । पद्मवर्ण महाविहारका स्थापक डा. सुनिल मास्के, भीक्षु धर्मसागर नेवाः देय् दबुका केन्द्रीय उपाध्यक्ष शान्त श्रेष्ठ (जसले मलाई २७ गतेका लागि गाडी व्यवस्थापन गर्छु भनेका थिए । म आउने थाहा पाएर पत्रकारहरूलाई आरक्षित गरेको बताउनु हुने) सँग भेट भयो । यसै गरी बाँपिझ्याला डटकमका सह–सम्पादक बालकृष्ण श्रेष्ठ अघिल्लै दिनदेखि सक्रिय थिए । त्यसपछि रथतान्ने यात्रा शुरु भयो ।
उपेन्द्र काकाको क्यामेरा अहिले पनि सक्रिय थियो । पश्चिमतिर तानेर उत्तरतिर मोडेर मूलबाटोमा पुगेपछि पूर्वतिर तानेर श्यामसुन्दर टोलमा पुगेपछि आजको रथयात्रा सम्पन्न भयो । यही जात्रामा मात्र बेचिने सक्खर उमालेर पिटेर फिटेर सिक्री जस्तै बेह्रेर बनाइएको मिठाइ चाक्सल (तिलौरी) नाङ्लोमा राखेर बेच्ने चलन छ । त्यो किनेर खायौँ पनि ।
चैत्र २७ गते नक्छेँ प्रधान परिवारको दीक्षाकर्म लिएका थाकती (मूल पूजारी) यज्ञबहादुर प्रधानसँग २०७२ भूकम्प पछि २०७६ मा स्वीस सरकारद्वारा निर्मित राजकुलेश्वर (तलेजु भवानी) मन्दिरको छिँडी खण्डमा हालको लागि राखिएको काशी विश्वेश्वरी भगवती कुलदेवीको दर्शन गरेँ । स्मरणीय छ इन्द्रसिंह देवको पालादेखि संयुक्त शासन चल्दा भाञ्जाहरू पनि समावेश भएपछि असन्तुष्ट कान्छा भाइ बासुदेव बनारस गई आफ्नो एक्लोे पालो हुने भएपछि त्यहींबाट भगवतीको मूर्ति ल्याई आपूmलाई महाराजाधिराज र पत्नी मयना देवीलाई रानी घोषणा गरी छुट्टै कुलघर घोषणा गरे । मच्छिन्द्रनाथको रथयात्राको लागि दोलखा जिल्लाको उत्तर पूर्वी ग्रामीण क्षेत्रमा रहेको लापिलाङ, लेप्टुङ र कात्तिके भन्ने ठाउँमा गुठीको जग्गा बन्दोबस्त यिनैले गरेका थिए ।
वि.सं. १६३० देखि १६३९ सम्मका शासक यिनकै वंशज नक्छेँमी प्रधान परिवारको कुल्यान घर राजकुलेश्वरको अन्यानोश्रित सम्बन्ध रहि आएको छ । नक्छेँ प्रधानको याकरगण (दसैँको खड्गजात्रामा देवगणको सेनापति)ले मूल खड्ग समातेर मात्र राजकुलेश्वरबाट अरू खड्गधारी निस्कन्छन् ।
२०७२ बैशाख १२ र २९ गतेको महाभूकम्पले दुबै घर विनाश गरेपछि राजकुलेश्वरको भवन निर्माण पूरा नहुन्जेल तलेजु भवानीलाई नक्छेँ प्रधानको कुल्यान घरमा राखियो । यो कुल्यानघर निर्माणको चरणमा छ ।
त्यहाँबाट पूर्व लागि पुरातत्व विभागले जीर्णोद्वार गरेको पिंगल पशुपतिको चारै ढोकाबाट दर्शन गरेँ । टुँडालमा कामकलाका काष्ठ चित्र अङ्कित मन्दिर दोलखामा श्यामसुन्दर (जुन पुनः निर्माण क्रममा छ) र यही हो ।
अनि नाश्वर थानको गणेश र देवता ढोगी त्रिपुरासुन्दरी भगवती थान पुगी कालो तिलक र टीका लगाई दुबैतिर रेलिङ्गमा घण्टा झुण्डाई बनाइएको सिंढीमा उक्लदै कालीमन्दिर पुगेँ । ढोकामा ताल्चा मारिएकोले प्वालबाट दक्षिणा चढाएँ । (तीनै दिन दोलखा रहुन्जेल यो ढोका उघ्रेन । २००१ सालमा सन्तोषानन्द (कालीबाबा) को अनुप्रेरणाबाट मानकृष्ण श्रेष्ठ (पुखुर्चा), पूर्णलाल राजभण्डारी (लिस्टोल), शंखलाल श्रेष्ठ (डोकुवली) र हस्तबहादुर श्रेष्ठ (डोक्छेँ) द्वारा स्थापित यो मन्दिर उहाँहरूको वंशजद्वारा पुननिर्मित भएर भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समितिलाई अक्षयकोष सहित हस्तान्तरण भइसकेको छ । गुठी व्यवस्थापन समितिका पदाधिकारीलाई यसबारे खै गर्दा उहाँहरूले नै नियुक्त गरेको पूजारीले जति भनेपनि टेर्दैन भन्ने उत्तर पाइयो ।
भीमेश्वर मन्दिरमा क्रमशः भैरब, नृसिंह, चतुर्भुज नारायण, आदि देवमूर्तिहरू र कालिन्चोकको प्रतीक त्रिशूल पुञ्ज ढोग्दै, पूर्व–उत्तर कुनाको कृष्ण भगवानको तस्बीर उतारी, चुलकापसी (चूडामणि) ढोगी दक्षिण–पूर्व कुनाको शिवलिङ्ग पनि ढोगी, तत्कालीन भक्तपुरका राजा रणजीत मल्लले चढाएको घण्टा, काका शिवप्रसाद प्रधानले २०४४ सालमा बाजे काजीबहादुरको परिवार सबैको तर्पmबाट चढाउनु भएको घण्टा फौदसिंह कर्णेलले चढाएको घण्टा बजाउँदै पंक्तिबद्ध दर्शनार्थीहरूको समूहमा मिसिई भीमेश्वर थान भित्र टीकालक्ष्मी श्रेष्ठले चढाएको पित्तलको गणेश, कुन्ती मानिएको शिला र द्रौपदी मानिएको निर्मलकुण्डको शिला ढोगी दोलखाको मूल भीमेश्वरको शिलामा ढोगी प्रार्थना गरियो ।
साँझ ४ः०० बजे नेवाः देय् दबूका सम्मेलनमा सहभागीहरू आइपुगेपछि पाखलतीमै नेवाः देय् दवु जिल्ला समिती दोलखा, नेवाः देय् दवु द्वाल्खा काठमाण्डौं समन्वय समिती, द्वाल्खा म्यासमुचा खलक, महिला विकास सचेतन केन्द्रका पदाधिकारी तथा सदस्यहरु र दोलखावासीले संयुक्त रुपमा पाहुनाहरुलाई खादा ओडाएर स्वागत गरे । उहाँहरूलाई दोलखा लजमा आवासको व्यवस्था गरिएकोले निर्दिष्ट कक्षमा पु¥याईयो । साँझ उहाँहरूलाई श्यामसुन्दर टोलबाट टसिचा टोलसम्म मच्छिन्द्रनाथको रथ तान्ने जात्रामा सरकि गराइयो ।
साँझ ७ बजे दोलखा लजको प्राङ्गणमा परिचयात्मक कार्यक्रम सहीत सगुन (टुच्चा अण्डा, रक्सी, अनि समैबजी) दिइयो । राती अबेर भएपछि पाहुनाहरू सबैका लागि खानाको व्यवस्था हुन थाल्यो । त्यसमा सरिक नभै सकुनाले बजार भै जान भन्दाभन्दै म पार्वती मल्लसँग सिंहबनकै बाटो भएर मोबाइलको प्रकाशमा घर आइयो ।
चैत २८ गते बिहान घरबाट निस्कँदा अधिवक्ता प्रवीण प्रधान काका झ्यालमा देखेँ । उहाँले वरिष्ठ कलाकार मदनदास श्रेष्ठ पनि आउनुभएको छ भन्दै आउन भनेपछि म उक्लेँ । कालिन्चोक युवा क्लवद्वारा गत चैत १८ गते सम्पन्न स्वर्ण महोत्सवमा उहाँलाई द्वारिकामान स्मृति पुरस्कारद्वारा सम्मानित गरिएको थियो । रेणु भाउजू छोरी ज्वाइँ सबैगरी ८ जना राती आइपुग्दा सबै लज भरिभराउ भए बुझेकाले प्रवीण काकाको घरमा बास बस्न आएको उहाँको भनाइसँगै अण्डा खाएर चाम्सलीसम्म पैदलै हिँडी उहाँ आएको गाडीमा उक्लेर पाखलती पुगी शंकरमानको रेष्टुराँमा चिया र सेल खाई नेवाः देय् दबूका सहभागी सहित नगर परिक्रमा गर्न सरिक हुन पर्खिरह्यौँ ।
अन्ततः विहानको ९ः०० बजे नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचायर्, सहभागीहरू सबैजना सहित दोलखा जिल्ला कार्य समितिका अध्यक्ष देवेन्द्र प्रधान, स्वनिगः–द्वाल्खा सम्पर्क मञ्चकी अध्यक्ष सकुना श्रेष्ठ, द्वाल्खा म्यासमुचा खलक, छिजी द्वाल्खा डोबर, स्थानीय महिला विकास सचेतना केन्द्र लगायत सबै खलक जम्मा भएर आएका जुलुस बाजागाजाका साथ नगर पक्रिमामा सरीक भए । ठाउँठाउँमा स्वागत व्यानर ( विभिन्न संघसंस्थाको तर्पmबाट) टाँगिएका थिए ।
नगर परिक्रमामा सरिक भएका दोलखाली संघ–संस्थाका पदाधिकारी एवं सदस्यहरु रातै लुगामा सजिएकाले आकर्षक देखिन्थे । दोलखाका मन्दिरहरू स्वयम्भू स्तुपा, द्वाल्खा म्यासमुचा खलकले नै जीर्णोद्वार गरिएको डोक्छेँ महादेव मन्दिर, भीमेश्वर, काली मन्दिर, त्रिपुरासुन्दरी, नाश्वर (नाट्यश्वर), पिंगलको पशुपति, राजकुलेश्वर हुँदै राइती (तीनधारा) पुगेर गाण्ेशथान बाटो तारिगाउँ, पालचुटी पद्मवर्ण महाविहार भएर पाखलतीको पिण्डेश्वर धामको सभागृहमा भेला भए ।
वागमती प्रदेश (१३ जिल्ला) नेवाः देय् दबूको दोलखामा प्रथम मिलन (भेटघाट) तथा प्रदेशको चौथो बैठकको उद्घाटन समारोह प्रारम्भ भयो । सभापतित्व दोलखा जिल्ला समितिका अध्यक्ष देवेन्द्र प्रधानले गर्नुभयो । प्रमुख अतिथि केन्द्रीय अध्यक्ष पवित्र बज्राचायले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो । विशेष अतिथीमा बरिष्ठ अधिवक्ता पूर्व महान्याधिवक्ता एवं नेवाः देय् दवुका केन्द्रिय सल्लाहकार मुक्तीनारायण प्रधान, यसै गरी जेष्ठ नागरिक महासंघका पूर्व अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, नेवाः देय् दवुका केन्द्रिय उपाध्यक्ष उमेश स्थापीत, महासचिव सत्यनारायण डंगोल, बागमती प्रदेश अध्यक्ष विष्णु गोपाल महर्जन हुनुहुन्थ्यो । त्यस अघि देशको राष्ट्रिय गान र त्यसपछि नेवाः भक्तिगान र देय् दबू गान बजाइयो । जिल्ला समितिका सचिव राकेश श्रेष्ठले स्वागत भाषण गरे । त्यसपछि मन्तव्यको कार्यक्रम अन्तर्गत स्वनिगः–द्वाल्खा सम्पर्क मञ्चकी अध्यक्ष सकुना श्रेष्ठले आफ्नो ८ वर्षको सानो उमेरमा चोरिएर फिर्ता भएको मच्छिन्द्रनाथको मूर्ति आफ्नै करेसाबारीमा पाएको विलक्षण घटना स्मरण गर्दै त्यसकै कृपाले आपूmलाई शुभ भएको लागेको कुरा सुनाउनु भयो ।
पूर्वाद्र्धमा दोलखा जिल्ला समितिका सचिव राकेश श्रेष्ठ र उत्तरार्धमा नेवाः देय् दवुका केन्द्रीय सदस्य उपेन्द्र प्रधानद्वारा सञ्चालित समारोहमा दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यले २८ वर्ष अगाडि नेवा देय् दबूको विस्तार नेपाल अधिराज्यभर गर्दै लगेको बताउनु हुँदै दोलखामा पहिलो पटक भएपनि उत्साहजनक रूपमा भेला भएर सम्पन्न गर्न पाएकोमा अत्यन्तै सुखद भएको अनुभूति व्यक्त गर्नुभयो ।
पूर्व महान्यायाधिवक्ता तथा देबूका केन्द्रीय सल्लाहकार मुक्ति नारायण प्रधानले दोलखा शहरका घरहरू टोलैपिच्छे भिन्नाभिन्नै नामले बुझाउने, नेवार जातिको पहिचान स्थापना गर्न पछि हट्न नहुने धारणा राख्नुभयो । त्यस्तै स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले दोलखामा पुरातात्विक सम्पदा मूर्त र अमूर्त दुवैले धनी भएको पाएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । सोही कार्यक्रममा नेवाः देय् दबू वागमती प्रदेशका अध्यक्ष विष्णुगोपाल महर्जनले हेटौडामा भारतीय साम्राज्यको पश्चिम बंगाल स्थित दक्षिणी सिक्किमको नाम्ची भन्ने ठाउँमा बनाइएको भारत देशको सबै तिर्थस्थललाई समेटेर चार धाम जस्तै नेपालको प्रमुख धार्मिक स्थल र पर्यटनको पहिचान दिलाउन वृहद क्षेत्रमा हरेक सम्पदालाई चित्रण हुनेगरी धार्मिक पर्यटन भूमि बनाउने गुरुयोजना रहेको बताउनु भयो साथै उहाँले दोलखा धर्म, परम्परा र सम्पदाको विविधताले भरिएको स्थान रहेछ भन्ने कुरा यहाँ आएर थाहा भएको पनि बताउनु भयो ।
यसै गरी भीनपा–२ का वडाअध्यक्ष स्टालिन श्रेष्ठले तामाकोशीको किनारमा रहेको नागदह पनि परापूर्वकालमा पूण्यस्थलको रूपमा लोकप्रिय भएपनि पछि आएर ओझेलमा परेकोले त्यसलाई उजागर गर्न कदम चाल्नुपर्ने कुरा राख्दै नेवाः देय् दबूका केन्द्रीय, प्रदेश र जिल्ला स्तरिय व्यक्तित्वहरू दोलखाको आँगनमा जमघट भएको पाउँदा अत्यन्तै खुशी लागेका मनशाय व्यक्त गर्नुभयो ।
त्यस्तै उक्त उत्साहजनक कार्यक्रममा ‘अनुसन्धानको यात्रामा दोलखा’ र ‘अनुसन्धानको पर्खाइमा दोलखा’ पुस्तकका सर्जक दोलखाका सामाजिक अभियन्ता शान्तकृष्ण श्रेष्ठले भीमेश्वरलाई ‘एक शीला तीन अवतार’ मानेपनि ‘एक शीला सहस्र अवतार’ ठानेको दृष्टान्त दिनुभयो । साथै उहाँले श्रृंगश्री ऋषिको पाला र मञ्जुश्रीकै पालामा उपत्यका गमनको मार्ग दोलखा भएकोले यसको प्राचीनता गौरवमय छ भन्नुभयो ।
सो कार्यक्रममा मैले पनि आफ्नो कुरा राख्ने अवसर पाएकोले ५ सय ५० वर्ष अघिसम्म द्वाल्खाको नेपाल (नेवार) भाषा र उपत्यकाको नेपाल (नेवार) भाषा एउटै थियो र कालान्तरमा विभेद हुँदै गयो भन्ने काशीनाथ तमोट, धनबज्र बज्राचार्य, वाङमय शताब्दी पुरुष सत्यमोहनजोशीको कथन सत्यको नजिक भएपनि शान्तबार्बरा स्थित क्यालिफोर्निया विश्व विद्यालयकी तत्कालीन डीन क्यारोल जिन्नेट र पाटन क्याम्पसकी प्राध्यापिका रुद्रलक्ष्मी श्रेष्ठले पिएचडी गरेको द्वाल्खा नेपाल भाषाका शब्दहरू प्राचीनताका लागि पर्याप्त रहेको छ ।
उदाहरणको लागि मासुलाई उपत्यकाको नेपाल भाषामा ‘ला भन्छन् भने दोलखामा ‘थोँसी’ भनिन्छ, त्यस्तै ‘के (ह्वाट्)’ लाई उपत्यकामा ‘छु’ भन्छन् भने दोलखामा ‘हाती’ भनिन्छ । जसको व्यूत्पत्ति खोज्न कठिन छ भनेंं । त्यस्तै तीनपटक जीर्णोद्वार गरिएको त्रिपुरासुन्दरी भवनलाइ २०७२ को भूकम्पले पुरै क्षतिग्रस्त बनाएपछि स्वीस सरकारले २०७६ सालमा पुनर्निर्माण गरिएको हो । उक्त त्रिपुरासुन्दरीको अलौकिक विशेषता अन्यत्र नपाएको कुरा उल्लेख गरें ।
सोही कार्यक्रममा द्वाल्खा नेपाल भाषाका अध्यक्ष नहेन्द्र प्रधानले नेपाल मण्डलको १२ जिल्लामा रहेको नेवारहरूले बोलिने भाषा नेपाल भाषा अन्तर्गत रहेको कुरा उल्लेख गर्दै दोलखाको नेवार भाषामा मौलिकता रहेको थाहा पाएर नै अमेरिकी भाषाविद जिन्नेट क्यारोल र ललितपुरकी प्रा. रुद्रलक्ष्मी श्रेष्ठले निकै मेहनतका साथ अनुसन्धान गरेका हुन् भन्नुभयो ।
यही कार्यक्रमको बीचमा मन्तव्यको साथसाथै मनोरञ्जनको हिसाबले दोलखाका युवा गायक दिपक स्वप्निल श्रेष्ठले द्वाल्खा नेपाल भाषामा र काठमाण्डौबाट आएकी गंगा महर्जनले काठमाण्डौंको नेपाल भाषामा गीत गाएका थिए ।
उद्घाटनको समापन सभापति देवेन्द्र प्रधान काकाले धन्यवाद सहित गर्नु भएपछि खानाको कार्यक्रम भयो । खानाको कार्यक्रम पश्चात् वागमती प्रदेशका पदाधिकारी र प्रतिनिधि बीचमा विविध विषयमा टिप्पणी उठाएर वागमती प्रदेश नेवाः देय् दबूको चौथो बैठक दोलखा घोषणापत्र जारी गरी सम्पन्न भयो ।
अपरान्ह ४ः०० बजेतिर पूर्व घोषित मच्छिन्द्रनाथको रथजात्रा हेर्न सबै अतिथि लगायत उपस्थित भाइवन्धु दोलखा बजार तिर लागियो । उक्त दिनको विशेष जात्रा दोलखाको टसिचा टोलबाट ६०–६५ डिग्री उकालोबाटोमा तानिने भएकोले उक्त लोमहर्षक दृश्य हेर्न उपत्यकाका तिन शहर लगायत दोलखा वरिपरिका भक्तजन दर्शनार्थीहरूको घुइँचो नै हुने गरेको छ । सो रथ तान्न अघिपछिको भन्दा दोब्बर डोरी लगाएर तानेको दृश्यको अवलोकन भयो ।
त्यही बेला समय सान्दर्भिक पत्रिकाका सम्पादक एवम् प्रकाशक त्रिलोचन प्रधानले (अल्का अस्पताल र राजन श्रेष्ठको सौजन्य) मच्छिन्द्रनाथको रथ अङ्कित गंजी र जात्रा सम्बन्धी शान्तकृष्ण श्रेष्ठको आलोक छापिएको पत्रिका वितरण गरे । त्यो दिनको रथजात्रा दोलखाको माथिल्लो टोलको स्वयम्भू स्तुपा सामु पुगेपछि सम्पन्न भयो ।
बेलुकापख त्यहीं दोलखा लजमै काठमाडौंबाट नेवाः देय् दबूको कार्यक्रममा सहभागी हुन आउने अतिथिवर्गलाई र स्थानीय आयोजक लगायत सबैलाई सुकुल भ्वस (नेवारी भोज) खुवाएर केही बेर नाचगान गरी रमाइलो गरे । भोलिपल्ट सिन्धुपाल्चोक तौथल शहर र बाह्रबिसेबाट आएका प्रतिनिधिहरूको विशेष आग्रहमा वागमती प्रदेश नेवाः देय् दबूका अध्यक्ष लगायत केन्द्रीय पदाधिकारी र द्वाल्खा–स्वनिग सम्पर्क मञ्चका पदाधिकारीहरू निमन्त्रणा स्वीकार्दै तौथल तिर लागे भने हामी चाहिँ अलिक ढिला हुने भएकोले काठमाडौं तिर लाग्ने सुरसार गर्यौँ । पछि जानकारी आए अनुसार तौथलीमा नेवाः देय् दबूका सम्बन्धित स्थानीय पदाधिकारीहरू र त्यहाँका नेवार महिला पुरुषको विशेष जमघटमा बाजागाजा सहित टोल परिक्रमा गरी गणेश, भीमसेन मन्दिर र त्रिपुरासुन्दरी मन्दिरको दर्शन पनि गराएको थियो ।
जे होस् यसपालिको दोलखा यात्रामा नेवाः देय् दबूमा सल्लाहकारको रूपमा पहिलोपटक प्रवेश गरेको र नयाँ साथीभाइहरू सँग केही नौला अनुभूति पाएको महशुसका साथै उक्त दबूका केन्द्रीय तथा वागमती प्रदेशका पदाधिकारीहरू सँग घुलमिल गरेर आफ्नो जन्मभूमि दोलखाको जात्रा र मन्दिरमा पाइलो हाल्न पाउँदाको यो उत्साहप्रद र उल्लासमय क्षण अविस्मरणीय रहनेछ ।
अमर प्रधान
२०८०/०१/१३
हल सानेपा, ललितपुर ।