१३वैशाख बाँपीझ्याला काठमाण्डौँ । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथलाई तानेर गा: बहाल पुर्याइएको छ । रथलाई पुलचोकबाट तानेर मङ्गलबार गा: बहाल पुर्याइएको हो । आज (बुधबार) गा: बहालमा स्थानीय जात्रा पनि मनाइँदैछ ।
सोमबारबाट रथ यात्रा सुरु भएको थियो । तर सोही दिन गा: बहाल पुर्याउनुपर्ने भए पनि मङ्गलबारमात्रै गा: बहाल पुर्याइएको हो । रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । पुल्चोक, गा: बहाल, सुन्धारातर्फ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल र जावलाखेलमा परिक्रमा गराइन्छ ।